PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ओलम्पिक टर्च जापानमा, पूर्वनिर्धारित कार्यक्रम छोट्याइयो



ओलम्पिक टर्च जापानमा, पूर्वनिर्धारित कार्यक्रम छोट्याइयो

कोरोना भाइरसका कारण ओलम्पिक हुने या नहुने भन्ने बहस चलिरहँदा  ओलम्पिक टर्च जापान पुर्‍याइएको छ। एथेन्सबाट ‌बिहीबार ओलम्पिक टर्च चार्टर्ड गरेर जापान पुर्‍याइएको हो।

१ सय २१ दिन सम्म चल्ने मसाल रिलेको शुरुवात सन् २०११ को सुनामीले तहसनहस बनाएको फुकुसिमामा हुनेछ। फुकुसिमा पछि र्‍याली देशको विभिन्न भागमा पनि लगिने छ। तर यसमा सर्वसाधारणलाई सहाभागी हुन रोक लगाइएको छ। ओलम्पिक टर्च समाउनु अघि सबैको स्वास्थ्य टेस्ट हुने आयोजक कमिटीले जनाएको छ।

आयोजक कमिटीका सिइओ तोसियो मुटोले कोरोना भाइरसको प्रभाव तर्फ सङकेत गर्दै आफूहरु भव्यरुपमा कार्यक्रम गर्न चाहेको भए पनि परिस्थितिलाई ध्यानमा राखेर छोट्याएको बताए। कार्यक्रममा २ सय विद्यार्थीहरुलाई उपस्थित गराउने आयोजकको योजना रहे पनि स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै त्यो रद्द गरिएको बताइएको छ।

रिले २६ मार्चबाट शुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell