PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कोरोनाले नछोएका अस्ट्रेलियाका खेल



कोरोनाले नछोएका अस्ट्रेलियाका खेल
तस्बिर : एएपी

कोरोना भाइरसले विश्वलाई प्रभावित पारिरहँदा लगभग सबैजसो खेलहरु प्रभावित बनेका छन्। यस्तोमा अस्ट्रेलिया भने अपवादका रुपमा देखिएको छ।

अस्ट्रेलियामा नेसनल रग्बी लिग, फुटबलको ए लिग र अस्ट्रेलियन रुल्स फुटबलको एएफएल अझै जारी छ। शनिवारको खेलमा वेस्ट्रन सिड्नी वान्डर्स र सिड्नी एफसीबीच खेल भएको थियो। यद्यपि यी खेलहरु बन्द रंगशालामा भइरहेको छ।

प्रधानमन्त्री स्कट मोरिसनले आइतबार लामो दुरीको यात्रा नगर्न र अत्यावश्यकबाहेक बाहिर नजान भने पनि यसले अस्ट्रेलियन लिगलाई प्रभाव पार्ने या नपार्ने भन्ने प्रस्ट छैन

अस्ट्रेलिया कोरोनाबाट धेरै प्रभावित देशहरुमध्ये एक हो। हालसम्म अस्ट्रेलियामा ८ सय ७३ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ भने ७ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell