PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सीताराम कट्टेल ‘धुर्मुस’ भन्छन्, ‘भोलिबाट २ हप्ताको लागि लकडाउन गरौँ’



सीताराम कट्टेल ‘धुर्मुस’ भन्छन्, ‘भोलिबाट २ हप्ताको लागि लकडाउन गरौँ’

काठमाडौं : सोमवार काठमाडौंमा एक जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखियो। स्वास्थ्य मन्त्रालयले पनि यसको पुष्टि गरेको छ। फ्रान्सबाट चैत ४ गते मंगलवार नेपाल फर्किएकी १९ वर्षीया किशोरीमा संक्रमण देखिएको हो।

यस्तोमा कलाकार सीताराम कट्टेल (धुर्मुस)ले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस पोस्ट गर्दै भोलिबाट २ हप्ताको लागि ‘लकडाउन’ गर्नुपर्ने उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘हरेक विपतको घडीमा प्रत्येक व्यक्ति सरकार भएर काम गर्नु पर्छ। कोरोनाविरुद्ध सरकारले चालेका कदमहरुको उच्च सम्मान गर्दै सबैको स्वास्थ्यको ख्याल गरी नागरिकको तर्फबाट अत्यावश्याक सेवा बाहेक भोलिबाट २ हप्ताको लागि लकडाउन गरौँ।’

 

आम नागरिक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल बढाउन भोलिदेखि आ-आफ्नो घरबाट राष्ट्रिय गान गाएर कोरोनाविरुद्ध स्वतःस्फुर्त ‘लकडाउन’को थालनी गर्न कट्टेलले सबैलाई आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell