PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'सेल्फ क्वारेन्टाइन'बाट दीपकले गाए 'ओ अमीरा', लकडाउनका समयमा रिदम ब्यान्डले फेसबुकबाट लाइभ प्रस्तुती दिने



'सेल्फ क्वारेन्टाइन'बाट दीपकले गाए 'ओ अमीरा', लकडाउनका समयमा रिदम ब्यान्डले फेसबुकबाट लाइभ प्रस्तुती दिने

काठमाडौं : गायक दीपक बज्राचार्य र उनको ‘रिदम ब्यान्ड’ हाल 'सेल्फ क्वारेन्टाइन' मा बसिरहेको छ। कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको अवस्थामा बज्राचार्य गत बुधवार अस्ट्रेलियाबाट नेपाल फर्किएका हुन्। सांगीतिक कार्यक्रमको लागि ब्यान्डसहित अस्ट्रेलिया पुगेका उनी बुधवारदेखि नै 'सेल्फ क्वारेन्टाइन'मा छन्।

नेपाल फर्किएसँगै ललितपुरमा छुट्टै घर लिएर आफू ब्यान्ड मेम्बरसहित सेल्फ ‘क्वारेन्टाइन’ मा बसिरहेका छन्। सरकारले देशभर लकडाउन घोषणा गर्दैगर्दा बज्राचार्यले फेसबुकमार्फत् सबैलाई घरभित्र बस्न आग्रह गरेका छन्।

आफ्नो ब्यान्ड सहित फेसबुक लाइभमार्फत् बज्राचार्यले विभिन्न गीतहरु प्रस्तुत गरेका थिए। फेसबुकमा रिदम ब्यान्डको ‘लाइभ पर्फर्मेन्स’ हेरिरहेका अडियन्सहरुले माग गरे अनुसार उनीहरुले गीतहरु प्रस्तुत गरेका थिए।

कन्सर्टमा भन्दा धेरै अडियन्सले फेसबुक मार्फत आफूहरुलाई हेरिरहेको भन्दै उनले सबै कलाकारहरुलाई ‘भर्च्युल’ रुपमा आएर दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्न आग्रह गरेका छन्।

‘यो परिवारसँग बस्ने मौका हो। सबैजना सँग बसेर भाइरसलाई जित्न पर्छ। हामी फेसबुक मार्फत दैनिक लाइभमा आउँछौं। हामी यताबाट गाउँछौं। तपाईँहरु उताबाट सँगै हामीसँगै गाउनुस्,’ सबैलाई घर भित्रै बस्न आग्रह गर्दै बज्राचार्यले भने, ‘ बाहिर नगइदिनुस्। हामी पनि रहरले बसेको होइन। काम सबैको होइन। तर स्वास्थ्य नै ठूलो कुरा हो।’

 सेल्फ क्वारेन्टाइनमा बसिरहेका बज्राचार्यको ब्यान्डले दैनिक रुपमा फेसबुक मार्फत लाइभ प्रस्तुती दिने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell