PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भारतमा २१ दिने लकडाउनको पहिलो दिन : दिल्लीको घरघरमा खाद्यान्न पुर्‍याउने केजरीवालको वाचा



भारतमा २१ दिने लकडाउनको पहिलो दिन : दिल्लीको घरघरमा खाद्यान्न पुर्‍याउने केजरीवालको वाचा
PHOTO : ANI

भारतमा कोरोना भाइरसको संक्रमणबाट १० जनाको मृत्यु भइसकेको छ। ५ सयभन्दा धेरै व्यक्ति भाइरसबाट संक्रमति भइसकेका छन्। भाइरसको संक्रमण दैनिक रुपमा बढ्दै गएसँगै प्रधानमन्त्री नरेन्द्र मोदीलले आजबाट २१ दिनका लागि देशव्यापी ‘लकडाउन’ घोषणा गरेका छन्।

तीन हप्ताका लागि लागू गरिएको ‘लकडाउन’ को समयमा कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ। यद्यपि,  केही मानिस अहिले पनि घर बाहिर हिँडडुल गरिरहेका छन्। केही भने घरका लागि आवश्यक सामान किन्न पसलहरुमा लाइन बसिरहेका छन्।

यसैबीच अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले दिल्लीवासीहरुलाई घर भित्रै बस्न आग्रह गरेको छ। दिल्लीका उपराज्यपाल अनिल बैजलसाथ आज पत्रकार सम्मेलन गर्दै केजरीवालले लकडाउनको समयमा दिल्लीका कुनै पनि घरमा खाद्यान्नको अभाव हुन नदिने बताए।

‘दूध, तरकारी, ‍औषधी, खाद्यान्न लगायत अत्यावश्यक सामानहरु सबैको घरघरसम्म पुर्‍याउने तयारी हामी गरिरहेका छौं। किराना पसलका साथै अत्यावश्यक सामानहरु रहने पसलहरुमा भिड हुन नदिन सरकारले यो प्रयास गर्न लागेको हो।’,कजेरीवालले भने।

जरुरी कामका लागि बाहिर निस्कन परेको खण्डमा कमिश्नर कार्यालयमा सम्पर्क गर्न भन्दै उनले आजै हटलाइन नम्बर जारी गर्ने समेत बताए। यस्तै, उनले खाद्यान्न दुवानी, मिडिया,  किराना पसल लगायत सेवाहरुसँग आवद्ध व्यक्तिलाई ‘इ-पास’ समेत उपलब्ध गराउने समेत बताए। लकडाउनको समयमा औषधीका साथै मास्क, स्यानिटाइजर र मेडिकल उपकरण निर्माण गर्ने कम्पनीहरु खुल्लै रहने उनले बताए।

‘म दिल्लीवासीहरुलाई विश्वास दिलाउन चाहन्छु कि तपाईहरुलाई चाहिने कुनै पनि सामाग्रीको अभाव हामी हुन्न दिन्नौं। यो जटिल परिस्थितिमा हामी तपाईहरुको साथमा नै छौ। तपाईहरु आफ्नो घरभित्रै बसिदिनु होला।’ उनले भने।

लकडाउनका समय मा दैनिक रोजगार गरेर घरपरिवार संचालन गर्ने व्यकितहरुलाई भोकै बस्न नदिने भन्दै उनले दिल्लीको निश्चित स्थानहरुमा नि:शुल्क खाना खुवाउने व्यवस्था गरिएको समेत बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell