PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चीनमा रोकिएका निर्माणका काम सुरु: उडान परीक्षणको अन्तिम तयारीमा छिङतोङ अन्तर्राष्ट्रिय विमानस्थल

चीनमा रोकिएका निर्माणका काम सुरु: उडान परीक्षणको अन्तिम तयारीमा छिङतोङ अन्तर्राष्ट्रिय विमानस्थल


कोभिड-१९ को संक्रमण फैलिएसँगै रोकिएका निर्माणका कार्यहरु सुरु हुन थालेका छन्। पूर्वी चीनको छिङतोङ जियातोङ अन्तर्राष्ट्रिय विमानस्थल निमार्णको काम पुन: थालिएको छ

अहिले विमानस्थलको उडान क्षेत्र, कार्गो क्षेत्र निर्माण सकिएको छ। यस विमानस्थलको निर्माण अन्तिम चरणमा पुगिसकेको छ। परीक्षणका लागि तयारी अवस्थामा रहेको विमानस्थलमा बाँकी रहेका केही कामहरु धमाधम हुन थालेका छन्।

सन् २०१३ मा अनुमोदन भएको यस विमानस्थले त्यहाँ रहेको छिङताओ लिउथिङ अन्तर्राष्ट्रिय विमानस्थललाई प्रतिस्थापन गर्ने छ। विमानस्थलले वार्षिक ३ करोण ५० लाख यात्रुलाई सेवा प्रदान गर्ने क्षमता राख्छ। यस विमानस्थलमा दुई वटा रनवे रहने छन्। जसमध्ये एउटा ती हजार ६०० मिटर र अर्को तीन हजार २०० मिटरको हुन् छ। यस विमानस्थलमा चार लाख ५० हजार वर्गमिटरको टर्मिनल भवन तयार हुँदै छ।

यो विमानस्थल २०१९ को अन्तिममा सञ्चालनमा आउने बताइएको थियो। डिसेम्बर अन्तिम देखि चीनमा कोभिड-१९ को संक्रमण फैलिएसँगै यसको सञ्चालन पछाडि धकेलिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell