PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लकडाउन खुलेपछिको वुहान यस्तो देखियो

लकडाउन खुलेपछिको वुहान यस्तो देखियो


कोभिड-१९ को आउटब्रेक इपिसेन्टर वुहान। लकडाउन खुलेपछि सामान्य जीवनमा फर्किने तयारी गर्दै छ सहर। यातायातमा लगाइएको प्रतिबन्ध बुधवारदेखि खुला गरिएको छ।

अप्रिल ८ देखि लगातार रुपमा लगाइएको यात्रा प्रतिबन्ध पूर्णरुपमा हटाउने घोषणा गरेको छ।

यससँगै हुवेइ प्रान्तको राजधानी वुहानका जनता शहरबाहिर जान पाउने भएका छन्। तर, त्यसका लागि उनीहरुले आफूसँग 'ग्रिन हेल्थ कोड' राखेको हुनुपर्ने छ। यसको मतलव कुनै पनि कोभिड-१९ का संक्रमित वा शंकास्पद व्यक्तिसँग सम्पर्कमा नरहेको प्रमाणित गरेको डिजिटल कार्ड देखाउनुपर्ने हुवेइ प्रान्तको कोभिड-१९ नियन्त्रण मुख्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ।

वुहानले यहाँका व्यवसाय खुला गर्दा हुनसक्ने स्वास्थ्य चुनौतीलाई मध्यनजर राख्दै विभिन्न उपायहरु अपनाउने बताएको छ।

अब ग्रिन कोड र नेगेटिभ न्युक्लिक एसिड टेस्ट रिजल्ट भएका अन्य प्रान्तमा काम गर्ने कामदारहरुलाई हुवेइ प्रान्त बाहिर जान दिइने छ। हुवेइमा विद्यालयहरु भने अर्को सूचना नआउँदा सम्मका लागि खोलिने छैन।

जनवरी २३ मा वुहानले अत्यावश्यक बाहेकका आउजाउमा रोक लगाउँदै शहरका सबै सार्वजनिक यातायात बन्द गराएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell