PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अमेरिकाको न्युयोर्क शहरमा सबैभन्दा धेरै कोरोना संक्रमित, एकैदिन ८४ जनाको मृत्यु



अमेरिकाको न्युयोर्क शहरमा सबैभन्दा धेरै कोरोना संक्रमित, एकैदिन ८४ जनाको मृत्यु
फोटो : VOA DATA

कोरोना भाइरस(कोभिड १९) बाट न्युयोर्क शहरमा एकै दिन ८४ जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार बिहीवारमात्र कोरोनाका कारण ८४ जनाको मृत्यु भएको न्युयोर्क पोस्टले जनाएको छ।

एकै दिनमा एक हजार २ सय ३९ जना नयाँ संक्रमित देखिएको मेयर डि ब्लजिओको कार्यालयले उल्लेख गरेको हो। अहिलेसम्म न्युयोर्कमा ३७ हजार ८७७ जनामा कोरोना संक्रमण देखिएकोमा ३ सय ६५ जनाको मृत्यु भइसकेको छ।

नेपालीहरु धेरै रहने क्वीन्समा ७ हजार बढी संक्रमित छन्। म्यानहटन क्षेत्र ४ हजार बढी संक्रमित भेटिएका छन्। त्यसैगरी ब्रुकलिनमा ६ हजार माथि पुगेको छ। कोरोनाकै कारण न्युयोर्कमा एक नेपालीको मृत्यु भएको छ।

यता सरकारी वेबसाइट भ्वाइस अफ अमेरिकाले भने न्युयोर्कमा तीन सय ४० जनाको मृत्यु भएको जनाएको छ। पछिल्लो तथ्यांकलाई हेर्ने हो भने न्युयोर्क सबैभन्दा धेरै ज्यान गुमाउने शहर बनेको छ।

त्यसपछि वासिङ्टनमा एक सय ५० जनाको मृत्यु भएको छ। न्युजर्सीमा न्युयोर्कपछि धेरै संक्रमित रहेका छन्। अमेरिकामा ८३ हजार ८३६ मा कोरोना संक्रमण देखिएको छ भने एक हजार २ सय ९ जनाको मृत्यु भइसकेको छ। कोरोना संक्रमण विश्वभर फैलिँदा अहिले अमेरिका संक्रमितको संख्याको पहिलो नम्बरमा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell