PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यस्ता छन् सरकारसँग देउवाका चार बुँदे माग, 'राहतको प्याकेज तत्काल घोषणा गर'



यस्ता छन् सरकारसँग देउवाका चार बुँदे माग, 'राहतको प्याकेज तत्काल घोषणा गर'
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई तत्काल आर्थिक राहत प्याकेज घोषणा गर्न माग गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै देउवाले दैनिक ज्यालादारीमा निर्भर रहेका परिवारलाई विशेष राहत प्याकेज घोषणा गर्नसमेत माग गरे।

यस्ता छन् सरकारसमक्ष देउवाका चार माग

१. दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकलाई सरकारले तोकेको न्यूनतम ज्याला दरमा कम नहुने गरी तत्काल बिशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु। दिनभर काम गरेर साँझ खाने वर्गलाई नै लक डाउनले सबैभन्दा बढी असर पुर्‍याएको छ।

२. न्यून आय भएका कर्मचारी,अन्य श्रमिक ,बेरोजगार युवा तथा राजधानी लगायतका शहरी क्षेत्रमा डेरा गरेर बसेका विद्यार्थीलाई विविध ढंगले राहत पुग्ने गरी योजना र कार्यक्रम तत्काल निर्माण गर्न सरकारसँग माग गर्दछु।

३. लकडाउनका कारण प्राय सबै ब्यवसाय बन्द स्थितिमा छन्। यस्तो बेला खुद्रा ब्यापारीदेखि ठुला ब्यवसायी सम्मलाई असर पुग्नु स्वभाविक छ। यसले रास्ट्रलाई दुरगामी असर पुयाउन सक्दछ।

अत -

क) २० लाख सम्मको ऋण लिएका साना ब्यवसायीलाई लकडाउनको असर र ब्यवसाय तंग्रीने अनुमानित अवधी समेत ख्याल गर्दै कम्तिमा ३ महीनाको ब्याज पुरै मिनाहा गर्न र त्यसपछिको निस्चित अवधिका लागि ब्याज दर घटाउन माग गर्दछु।

 ख) ठुला ब्यवसायीका हकमा ऋणको ब्याजदर घटाउन र हालको किस्ता बुझाउने अवधि ३ महिनापछि सार्ने प्रबन्ध मिलाउन सरकार समक्ष अपिल गर्दछु।

४. साप्ताहिकपछि दैनिक पत्रपत्रिका बन्द हुने स्थितिमा पुगेका छन्। सबै खाले संचार माध्यम र त्यसमा कार्यरत श्रमजीवी पत्रकारहरुलाई राहतको योजना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँदछु।

यसैगरी देउवाले चिकित्सक र नर्सलाई तत्काल पीपीई उपलब्ध गराउनसमेत माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell