PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रधानमन्त्री ओली भेट्न अस्पताल पुगे माधव नेपाल, ४० मिनेट छलफल



प्रधानमन्त्री ओली भेट्न अस्पताल पुगे माधव नेपाल, ४० मिनेट छलफल
फाइल फोटो

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव नेपालले अस्पताल पुगेर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन।

नेपालले शुक्रवार दिउँसो त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो थोरासिक भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेर प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका हुन्। नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार नेता नेपाल र ओलीबिच करिब ४० मिनेट वार्ता भएको थियो।

भेटमा प्रधानमन्त्रीको स्वास्थ्य र कोरोना भाइरसबाट बच्न भइरहेका पहलबारे कुराकानी भएको रिजालले जानकारी दिए। मिर्गौला प्रत्यारोपणपछि फागुन ३० गते अस्पतालबाट फर्किएका ओली मुटुमा समस्या देखिएपछि बिहिवार राति अस्पताल भर्ना भएका हुन्। आजै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि प्रधानमन्त्रीको अवस्था बुझ्न अस्पताल पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell