PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

साइप्रसमा करिब १२ हजार नेपाली अलपत्र, खानका लागि नेपालबाट प्रतिव्यक्ति तीन सय युरो पठाउन पाउने बाटो खुल्यो



साइप्रसमा करिब १२ हजार नेपाली अलपत्र, खानका लागि नेपालबाट प्रतिव्यक्ति तीन सय युरो पठाउन पाउने बाटो खुल्यो

काठमाडौं : कोरोना भाइरस संक्रमण विश्वभर फैलिएका कारण साइप्रसमा रहेका नेपाली अलपत्र परेका छन्। साइप्रसमा करिब १२ हजार नेपाली छन्।

कतिपय पढ्नका लागि गएका छन् भने कतिपय कामकै लागि पनि गएका छन्। तर साइप्रस पुग्नुको मूख्य उद्धेश्य त्यहाँबाट युरोप जानु।

युरोप अहिले कोरोना भाइरस संक्रमणका कारण बन्द जस्तै छ। साइप्रसमा रहेका नेपालीले अहिले काम पाउन छाडेका छन्।

त्यहाँ रहेका नेपालीहरुको अवस्धा गम्भीर रहेको भन्दै इजराइलस्थित नेपाली दुतावासले जानकारी गराएपछि यहाँबाट पैसा पठाउने प्रकृया सुरु भएको छ।

साइप्रसलाई इजराइलस्थित दुतावासले हेर्छ। त्यहाँको दुतावासले परराष्ट्र मन्त्रालयलाई नेपालीले काम पाउन छाडेको र उनीहरु अलपत्र परेकाले उद्धारका लागि खबर गरेको थियो।

परराष्ट्र मन्त्रालयले समाधानको उपाय सुझाउन भनेकोमा दूतावासले ३०० युरोका दरले उपलब्ध गराउन सकिए एक महिना नेपालीहरुलाई खान बस्न पुग्ने भन्दै खबर गरेको थियो।

नेपालबाट विदेश पैसा पठाउन गाह्रो छ। त्यसमाथि शिक्षा मन्त्रालयबाट 'नो अब्जेक्सन लेटर' नलिइ गएको खन्डमा पठाउन मिल्दैन।

त्यही भएर शुक्रबार राष्ट्र बैंकले परराष्ट्रको आग्रहमा विशेष ब्यवस्था गरिदिएको छ। उनीहरुलाई नेपालबाट पैसा पठाउन पाइने भएको छ। पठाएको रकमको बेनिफिसरी साइप्रसमा रहेको नेपाली विद्यार्थी हुनु पर्ने छ।

तर पैसा सम्बन्धित ब्यक्तिकै हातमा पुगोस् भनेर केही शर्तहरु पनि राखिएको छ। विद्यार्थीको निर्वाह शुल्क वापतको रकम पठाउँदा निज सायप्रसमा रहेको अध्ययन गरिरहेको कागजात सहित बैंक तथा वित्तीय संस्थामा परिवारले निवेदेन पेश गर्नु पर्ने हुन्छ।

सटही सुविधा माग गर्ने ब्यक्तिले अन्य बैंकबाट यस प्रकारको सटही सुविधा नलिएको स्वघोषणा गर्नु पर्छ। यस्तो रकम दूरुपयोग भएको पाइएमा सम्बन्धित अभिभावक र आफन्त जिम्मेवार हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell