PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

न्युयोर्कमा मात्र प्रति १७ मिनेटमा एक जनाको गइरहेछ ज्यान, अमेरिकामा कोरोना संक्रमित एक लाख नाघे



न्युयोर्कमा मात्र प्रति १७ मिनेटमा एक जनाको गइरहेछ ज्यान, अमेरिकामा कोरोना संक्रमित एक लाख नाघे
फोटो : Gettty Images

पछिल्लो दुई दिनमा अमेरिकाको न्युयोर्क शहरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको ग्राफ बढेको छ। न्युयोर्क सिटीको तथ्यांकअनुसार प्रति १७ मिनेटमा एक जनाको मृत्यु हुन थालेको छ।

बिहीवार एकै दिन ८४ जनाको मृत्यु भएको थियो भने शुक्रवार सोही संख्यामा कोरोना संक्रमितको मृत्यु भएको न्युयोर्क पोस्टले जनाएको छ। न्युयोर्कमा अहिलेसम्म चार सय पचास जनाको मृत्यु भइसकेको छ।

भ्वाइस अफ अमेरिकाका अनुसार न्युयोर्कमा ४४ हजार ८ सय ७६ जना कोरोना भाइरस संक्रमित छन्।

मेयर डी ब्लाजिओले शुक्रवार न्युयोर्क सिटीका सबै अस्पतालहरु बिरामीले भरिएको बताएका छन्।

नेपालीहरु धेरै रहने क्वीन्समा ८ हजार बढी संक्रमित छन्। म्यानहटन क्षेत्र ४ हजार बढी संक्रमित भेटिएका छन्। त्यसैगरी ब्रुकलिनमा ७ हजार माथि पुगेको छ। कोरोनाकै कारण न्युयोर्कमा एक नेपालीको मृत्यु भएको छ।

अमेरिकामा एक लाख नाघ्यो संक्रमित

अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या एक लाख एक हजार ६ सय ५७ जना पुगेको छ। यससँगै पहिलोपटक भाइरस देखिएको चीनलाई समेत उछिन्दै अमेरिका विश्वमै सबैभन्दा धेरै संक्रमित भएको देश बनेको छ।

अमेरिकामा कोभिड १९ बाट हालसम्म १ हजार ५ सय ८१ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell