PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या दुई दिनमा दोब्बर : न्युयोर्क बढी प्रभावित, क्वारेन्टाइनमा राख्ने योजना ट्रम्पद्वारा रद्द



कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या दुई दिनमा दोब्बर : न्युयोर्क बढी प्रभावित, क्वारेन्टाइनमा राख्ने योजना ट्रम्पद्वारा रद्द
फोटो : Reuters

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दुई दिनमै दोब्बरले बढेको छ। गत बिहीवारसम्म एक हजार जनाको मृत्यु भएकोमा शुक्रवार र शनिवार गरी थप हजार जनाको मृत्यु भएको हो।

अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण दुई हजार २६ जनाको मृत्यु भएको भ्वाइस अफ अमेरिकामा उल्लेख छ। संक्रमितको संख्या एक लाख २१ हजार माथि पुगेको छ।

सबैभन्दा बढी प्रभावित न्युयोर्क राज्य बनेको छ। यहाँका ५२ हजार ४ सय १० जना संक्रमित बनेका छन् भने मृत्यु ६ सय १९ जनाको भएको छ। न्युयोर्कमा मृत्युदर बढेको छ। बिहीवार ८४ र शुक्रवार ८४ जनाको मृत्यु भएको थियो। शुक्रवारसम्म न्युयोर्कमा ४ सय ५० जनाको मृत्यु भएको थियो। शनिवार १६० भन्दा बढीको मृत्यु भएको तथ्यांकले देखाउँछ।

न्युयोर्कमा नेपालीहरु पनि प्रभावित बनेका छन्। एक नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ भने केही नेपाली कोरोनाका कारण अस्पतालमा उपचाररत छन्।

न्युयोर्कलाई क्वारेन्टाइनमा राख्ने योजनालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्विकार गरेका छन्। स्थानीय समयअनुसार शनिवार राति ट्वीटमार्फत ट्रम्पले न्युयोर्कलाई क्वारेन्टाइनमा राख्न आवश्यक नरहेको बताएका हुन्।

न्युयोर्क गभर्नस एन्ड्रुय क्युमिओ भने ट्रम्पको भनाईसँग सहमत नरहेको बताइएको छ। यद्यपि ट्रम्पले भने गभर्नरसँग सल्लाहपछि नै ह्वाइट हाउसले न्युयोर्कलाई हाल क्वारेन्टाइनमा नराख्ने योजना बनाएको दाबी ट्वीटमा गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell