PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मूख्यमन्त्री पौडेललाई बानियाँको सुझाव, ‘स्वास्थ्य सामग्री प्रदेशभर पुग्ने वातावारण मिलाऔं, कांग्रेस सहयोग गर्न तयार’



मूख्यमन्त्री पौडेललाई बानियाँको सुझाव, ‘स्वास्थ्य सामग्री प्रदेशभर पुग्ने वातावारण मिलाऔं, कांग्रेस सहयोग गर्न तयार’

हेटौंडा : नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मूख्यमन्त्री डोरमणि पौडेललाई प्रदेशभर स्वास्थ्य सामग्री पुर्‍याउने वातावरण मिलाउन सुझाव दिएका छन्।

शनिबार राति टेलिफोनमार्फत बानियाँले मूख्यमन्त्री पौडेललाई उक्त सुझाव दिएका हुन्। संघीय सरकारले चीनबाट ल्याउन लागेको स्वास्थ्य सामग्री र प्रदेश सरकारसँग रहेको सामग्रीसमेत प्रदेशभरका सबै जिल्लाका स्वास्थ्य इकाईमा पुर्‍याउन सुझाव दिएको बानियाँले बताए।

उनले आवश्यक पर्दा हेलिकप्टरको प्रयोग गर्नसमेत सुझाव दिएको बताए। कोरोना संक्रमणलाई पराजित गर्न दलीय स्वार्थभन्दा माथि उठेर प्रदेश सरकारलाई सहयोग गर्न नेपाली कांग्रेस तत्पर रहेको बताउँदै नेता बानियाँले प्रदेश सरकारको सक्रियाताको खाँचो औल्याए।

सबै तहका व्यक्तिमा कोरोना संक्रमणको जोखिम रहेको भन्दै उनले उपचारमा संलग्न स्वास्थ्यकर्मी, सरकारका विभिन्न निकाय, नागरिक समाज, सर्वसाधारण सबैलाई सावधानीपूवर्क अभियानमा जुट्नुपर्ने उनको भनाई थियो। प्रदेशका नाकामा समेत जाँच व्यवस्थालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिंदै बानियाँले हेटौंडा–१० स्थित स्वास्थ्य निर्देशनालय र भरतपुरमा कोरोना जाँच गर्ने कार्यका लागि प्रक्रिया अघि बढाउन ध्यानाकर्षण गराएको बताए।

कुराकानीमा मूख्यमन्त्री पौडेलले कोरोनाविरुद्धको अभियानमा प्रदेश सरकारले काम गरिरहेको बताउँदै सबैसँगको हातेमालोमा अघि बढ्न तत्पर रहेको बताएको बानियाँले जानकारी दिए। मूख्यमन्त्री पौडेलले स्वास्थ्यकर्मीहरुलाई उपचारमा आवश्यक स्वास्थ्य सामग्री उपलव्ध गराउन आफु लागि परेको र थप गम्भिर भएर लाग्ने बताए। आफ्नो सुझावलाई मुख्यमन्त्रीले सकारात्मक रुपमा लिएको र मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेको बानियाँले जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell