काठमाडौं : पछिल्लोपटक कोरोना भाइरस(कोभिड १९)को आशंकामा परीक्षण गरिएका ८८ जनामा कोरोना नेगेटिभ देखिएको छ।
८८ जनाको नमुना नेगेटिभ देखिएको आइतवार स्वास्थ्य मन्त्रालयले जनाएको हो।
यसअघि शनिवार १ हजार ४ सय ४१ को परीक्षण गरिएको थियो भने आइतबार थप ८८ जनाको कोरोना परिक्षण गरिएको हो।
यो सँगै १ हजार ५ सय २९ जनाको कोरोना परीक्षण गरिएको छ।
मोबाइल एपबाट ८ हजार ९ सय ९७ जनाले कोरोना परीक्षणको आवेदन दिएकोमा १ सय ५० जना रेड जोनमा छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटाले देशका विभिन्न ७ ठाउँमा कोरोना परीक्षण थालिएको बताए।
अहिलेसम्म कोरोनाका संक्रमित सबै जनाका आफन्त तथा सम्पर्कमा आएका सबै जनाको कन्ट्याक्टी ट्रेसिङ गरिएको छ।
'कोरोनाका संक्रमित सबैजनाका आफन्त तथा सम्पर्कमा आएका सबै जनाको कन्ट्याक्टी ट्रेसिङ गरेका छौ। हिजो देखिएका संक्रमित केसको पनि ट्रेसिश्र भएको छ', देवकोटाले भने।
उनले कैलाली, कन्चनपुर तथा बागुलुङमा क्वारेन्टाइनमा रहेका सबै जनाको आरडिटि र पिसिआरबाट परीक्षण हुने बताए।