PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कैलाश गाउँपालिकालाई नेता बानियाँले गरे २ लाख सहयोग



कैलाश गाउँपालिकालाई नेता बानियाँले गरे २ लाख सहयोग

हेटौंडा : वाग्मती प्रदेशका प्रमूख प्रतिपक्षी दलका नेता ईन्द्र बानियाँले मकवानपुरको पश्चिमी क्षेत्रस्थित कैलाश गाउँपालिकालाई कोरोनाविरुद्ध अभियानका लागि २ लाख रुपियाँ सहयोग गरेका छन्।

कोरोना भाईरसको बढ्दो संक्रमण र जोखिमलाई नियन्त्रण गर्न नेता बानियाँले मकवानपुरकै विकट कैलाश गाउँपालिकालाई बिहिबार २ लाख रुपैयाँ सहयोग गरेका हुन्।

कांग्रेस मकवानपुरका सभापति एवं क्षेत्र नम्बर २ (ख) का सांसद बानियाँले बिहीवार चेक हस्तान्तरण गर्दै गाउँपालिकामा स्वास्थ्य सामाग्रीहरुको अभाव देखिएकोले महामारीको प्रकोपबाट बच्न चाहिने स्वास्थ्य सामाग्रीहरु तत्काल उपलब्ध गराउन संघिय सरकार तथा प्रदेश सरकारलाई ध्यानाकर्षण गराए।

नेता खतिवडाले विश्वलेनै सामना गर्नुपरेको यो विपतमा दैनिक ज्यालादारीमा काम गरेर खानुपर्ने बाध्यता भएकालाई पहिलो प्राथमिकतामा राखेर कसैलाई काखा र कसैलाई पाखा नगरी एकद्वार प्रणालीबाट सहयोग गर्नुपर्ने सुझाव दिए।

बानियाँले बुधवार राक्सीराङ गाउँपालिकालाई २ लाख र मनहरी गाउँपालिकालाई १ लाख रुपैयाँ सहयोग गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell