PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'कोरोना संक्रमणपछिको अर्थतन्त्र कसरी सुधार्ने?' रामचन्द्र पौडेलले भिडियोमार्फत गरे विज्ञहरुसँग छलफल



'कोरोना संक्रमणपछिको अर्थतन्त्र कसरी सुधार्ने?' रामचन्द्र पौडेलले भिडियोमार्फत गरे विज्ञहरुसँग छलफल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाको संक्रमणपछिको अर्थतन्त्रमा सुधारका लागि विज्ञहरुसँग छलफल गरेका छन्। नेता पौडेलले भिडियो कन्फ्रेन्समार्फत् बिहीवार विज्ञहरुसँग छलफल गरेका हुन्। छलफलमा योजना आयोगका पूर्व उपाध्यक्षहरु डा गोविन्द पोखरेल, डा स्वर्णिम वाग्ले, प्रो डा इन्जिनियर कमल रिजाल, डा सुरज पोखरेल, डा सिद्धिगणेश श्रेष्ठ, डा माधवप्रसाद पौडेल, डा प्रधुम्नराज पाण्डे, सहदेवप्रसाद हुमागाँई सहभागी थिए।

उनीहरुले अर्थतन्त्र उकास्नका लागि कृषि क्षेत्रलाई प्रथामिकतामा राख्नुपर्ने बताएका थिए। छलफल कृषि उत्पादन, कृषि मजदुर, कृषि उपज र त्यसको ढुवानीका विषयमा केन्द्रित भएको थियो। विज्ञहरुले कृषि क्षेत्रबाट अर्थतन्त्र सुधार गर्नका लागि भूमि बैंकको व्यवस्था, सहकारीको सक्रियतामा बृद्धि गर्नुपर्ने बताएका थिए। छलफलमा सहभागी डा स्वर्णिम वाग्लेले कृषि क्षेत्रलाई राहत दिनुपर्ने कृषि क्षेत्रले दिनसक्ने आउटपुटका आधारमा विषेश प्याकेजको घोषणा गर्नुपर्ने बताएका थिए।

छलफलमा वरिष्ठ नेता पौडेलले आजको युगअनुसारको प्रविधिको प्रयोग कृषिमा कसरी गर्न सकिन्छ भन्ने सुझाव विज्ञहरुसँग मागेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell