PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

जन्नत जानेहरुको नाममा... (कविता)



जन्नत जानेहरुको नाममा... (कविता)

  • संजिता पराजुली

बिन्ती छ छाडी जानेहरु खाली हात नजाउ

बिन्ती छ जन्नत जानेहरु झोला लिएर जाउ

 

झोलाभरी रुनेहरुको आँसु लिएर जाउ

जन्नत पुगेसी ढोकामै ती आँसुले नुहाउ

फर्किहेर ए जन्नती,

थोरै मुस्कुराउ...

कम्तीमा अल्बिदा सुनेरै त जाउ

ए जन्नतीहरु हो,

भो नरुवाउ..

निन्द्रा नउडाउ..

यादमा नआउ..

ढुकढुकी नबढाउ...

मुटु नफुटाउ..

टाउको नदुखाउ..

जाँदा जाँदै त्यो झोलामा बेचैनी बोकेर जाउ

समेटेर सारा छट्पटी कोचेर जाउ

 

बिन्ती छ छाडी जानेहरु खाली हात नजाउ

बिन्ती छ जन्नत जानेहरु झोला लिएर जाउ।।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell