PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

शीर्ष स्थानको पिएसजीलाई ‘लिग वान’ को उपाधि



शीर्ष स्थानको पिएसजीलाई ‘लिग वान’ को उपाधि

फान्सको फुटबल लिग ‘लिग वान’ को उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी)ले हात पारेको छ। युरोपमा कोरोना संक्रमण बढेसँगै १३ मार्च यता स्थगित भएको लिगमा तालिकामा १२ अंकको अग्रता बनाएर अगाडि रहेको पिएसजीलाई सिजन २०१९/२० को विजेता घोषित गरिएको हो।

च्याम्पियन घोषित भएसँगै पिएसजीले लिगवानमा पछिल्ला आठ वर्षमा सातौं  पटक उपाधि जितेको छ।

अंकतालिकामा मार्सेल्ली दोस्रो स्थानमा र तेस्रो स्थानमा रेनेस रहेका थिए। पिएसजीसँग यी दुई क्लबले पनि च्याम्पियन्स लिगमा स्थान बनाएका छन्।

शीर्षस्थानको पिएसजीको ६८ अंक रहेको थियो। त्यस्तै दोस्रो स्थानको मार्सेल्लीको ५६ र तेस्रो स्थानको रेनिसको ५० अंक रहेको थियो।

यसअघि फ्रान्सका प्रधानमन्त्री इडुआर्ट फिलिपेल संसदमा बोल्दै सेप्टेम्बरसम्मका सबै खेल गतिविधि रद्द गरिने बताएका थिए। यसैकारण स्थगित लिगमा अंकतालिकामा शीर्षस्थानमा रहेको पिएसजीलाई च्याम्पियन घोषणा गरिएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell