PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ललितपुरमा कोरोनाको आरडीटी परीक्षण गराउनेको भीड

ललितपुरमा कोरोनाको आरडीटी परीक्षण गराउनेको भीड


ललितपुर : ललितपुर महानगरमा आज लकडाउनबीच काममा खटिएका मानिसहरुको आरडीटी परीक्षण गरिएको छ। महानगरको वडा १ देखि २९ मा फलफूल बेच्ने, पानी पुर्‍याउने, ग्यास पुर्‍याउने, सरसराइ कर्मचारीहरुको परीक्षण गरिएको बल्ड डोनर एशोसिएसन ललितपुरका अध्यक्ष साधुराम महर्जनले बताए। 

देशभर संक्रमितको संख्या बढेको र उपत्यकामा पनि संक्रमित बढ्दै गएको छ। यस्तो अवस्थामा लकडाउनको समयमा दैनिक काममा खटिने मानिसहरुमा संक्रमणको खतरा हुने भएकोले परीक्षण गरिएको उनले बताए। महर्जनले हाल दैनिक काममा खटिएका मानिसहरुको मात्रै परीक्षण गरिएकोमा सरकारले स्थानीय तह र अन्य निकायसँग समन्वय गरेर हरेक घरमा परीक्षण गरे उपयुक्त हुने बताए।



ट्रेन्डिङ पोस्ट

Ncell