PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जुन १ देखि थप दुई सय रेल संचालन गर्दै भारत, संक्रमणको खतरामा नेपालको सीमा क्षेत्र



जुन १ देखि थप दुई सय रेल संचालन गर्दै भारत, संक्रमणको खतरामा नेपालको सीमा क्षेत्र

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भन्दै भारतमा लकडाउन गरिएको छ। हाल लकडाउनलाई केही खुकुलो पार्ने निर्णय नरेन्द्र मोदीको सरकारले गरेको छ। भारतमा कोरोना भाइरसको संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। यसबीच रेल सेवा पुन संचालन गरिँदा थप त्रास उत्पन्न गरेको छ। जसको प्रभाव नेपालमा समेत पर्ने निश्चित छ।

केहीदिन अघि भारतले १५ वटा विशेग रेलहरु संचालन गर्ने निर्णय गरेको थियो। जस अन्तर्गत शहरमा फसेका हजारौं मानिस आआफ्नो घर पुगे। उक्त रेलमा सवार भएर धेरै संख्यामा सीमा क्षेत्रहुँदै नेपाल भित्रिए। सयौं मानिस अझै सीमामा छन्।

हाल कपिलवस्तु , झापा लगायतका क्षेत्रमा देखिएका अधिकांश नयाँ संक्रमितहरु भारतमा लकडाउन खुकुलो भएको र रेल सेवा संचालन भएपछि स्वदेश फर्किएका हुन्।

भारतले जुन १ देखि थप २०० वटा रेल संचालन गर्ने निर्णय गरेको छ। यो घोषणासँगै थप संख्यामा नेपालीहरु स्वदेश फेर्कने तयारी गरिरहेको बताइन्छ।

हाल सीमामा पर्याप्त संख्यामा क्वारेन्टाइन नभएको र स्वास्थ्य परीक्षण गर्न पनि समस्या रहेको समयमा हजारौं संख्यामा सीमाबाट नेपालीहरु भित्रिँदा थप समस्या उत्पन्न हुने अनुमान गरिएको छ। नेपाल सरकारले भने अन्तर्राष्ट्रिय सीमा बन्द गरेको अवस्थामा लुकेर र रातको समयमा मानिसहरु नेपाल भित्रिरहेको पाइएको छ। भारतीय सीमा सुरक्षा बलले समेत सीमामा पुगेका नेपालहरुलाई जवरजस्ती नेपाल पठाइरहेको अधिकारीहरुले बताएका छन्। यसरी बिना परीक्षण लुकेर र जवरजस्ती धेरै संख्यामा मानिसहरु नेपाल भित्रिँदा संक्रमण थप फैलिन सक्ने जनस्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell