PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

स्वास्थ्यकर्मीलाई मास्क छैन भन्दै मोदी सरकारको विरोध गर्ने डाक्टर प्रहरी नियन्त्रणमा, पुर्‍याइयो मानसिक अस्पताल



स्वास्थ्यकर्मीलाई मास्क छैन भन्दै मोदी सरकारको विरोध गर्ने डाक्टर प्रहरी नियन्त्रणमा, पुर्‍याइयो मानसिक अस्पताल

भारतीय एनेस्थेसियोलोजिस्ट सुधाकर राव दुई महिनामा दुई पटक समाचारको हेडलाइन बने। भारतमा मास्कको अभाव बारे आवाज उठाए पछि उनी निलम्बनमा परेका थिए। उक्त खबर सार्वजनिक भएको दुई महिना नबित्दै उनी सम्बन्धित भिडियो फुटेज सार्वजनिक भयो। जसमा तिनै डाक्टर सुधाकर हाइवेमा देखिन्छन्, विशाखापट्नमको दक्षिणी शहरमा। उनी त्यहीं बस्छन्, काम गर्छन्।

तर, भिडियोमा देखिएको दृश्य केही फरक छन्। त्यसमा उनीविरुद्ध प्रहरीहरु बल प्रयोग गरिरहेको देखिन्छन्। डाक्टरले सर्ट लगाएका छैनन्। सडक छेउको गाडीमा बसिरहेका उनी चिच्याइरहेको देखिन्छन्। प्रहरीलाई गाली गरिरहेको देखिन्छन्। श्रृङ्खलावद्ध रुपमा सार्वजनिक भिडियोमा कतै उनी सडकमा पल्टिएको अवस्थामा देखिन्छन् त कतै प्रहरी उनको हात बाँध्ने कोशिश गरिरहेको।

उक्त घटनापछि प्रहरीले उनलाई मानसिक अस्पताल पुर्‍याएको छ। कारण उही – निलम्बन पछि पनि उनले सरकारले कोरोना भाइरसविरुद्ध लड्नका लागि गरेको तयारीको आलोचना गरिरहे। स्वास्थ्यकर्मीलाई सुरक्षा उपकरणको अभावको विषय उठाइ रहे।

राव जानुअघि स्थानीय पत्रकारहरुसँग बोले। भनेका थिए – 'म आफ्नै गाडीमा थिएँ। अचानक मलाई प्रहरीहरुले रोके र गाडीबाट बाहिर निकाले। त्यसपछि मेरो मोबाइल र पैसा खोसेर कुट्न थाले।'

हाल यस घटनाको विरोध भइरहेको छ। प्रहरीले एक डाक्टर माथि गरेको दुर्व्यवहार र अत्याचारविरुद्ध प्रश्न सोधिएका छन्। धेरैले यस घटनाक्रमलाई शक्तिको दूरुपयोग भएको बताएका छन्।

***

सुधाकर राव सरकारी अस्पतालका डाक्टर थिए। गत अप्रिल ३ तारिखमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो थियो। तर सरकारी अस्पतालको तयारी शून्य, सुरक्षा उपकरणहरु थिएनन्, मास्क र पञ्जा पनि। उनले सञ्चारकर्मीसँग अभावका कुरा सुनाए, सरकारको तयारी बारे आलोचना गरे। नतिजा उनैले भोग्नु पर्‍यो। उनलाई कामबाट निलम्बन गरियो।

भनेका थिए : 'हामीलाई एउटै मास्क १५ दिन एउटै मास्क प्रयोग गर्न भनियो। यस्तोमा हामी आफ्नै जीवन जोखिममा राखेर कसरी जनताको सेवा गर्न सक्छौं?' टिभी पत्रकारसँगको त्यस संवाद भाइरल हुन समय लागेन। तत्काल सरकारले उनलाई निलम्बन गर्‍यो।

कारण दिइयो – डाक्टर सुधाकरले स्वास्थ्यकर्मीहरुको मर्यादामा आँच आउने काम गरे।

सरकारले निर्णय घोषणा गरेको दुई दिन पछि डाक्टरले निलम्बन नगर्न आग्रहसहित भिडियो सार्वजनिक गरेका थिए। तर, उनको कुरा सुनिएन।  

त्यसयता उनी परिवारसँगै थिए। तर पटकपटक उनलाई विभिन्‍न किसिमको धम्की आइरहेको उनकी आमा काभेरी रावले बीबीसी तेलेगुसँग बताइन्। भनेकी छिन्,'मेरो छोरा एक सम्मानित डाक्टर हो। उसलाई कुनै पनि किसिमको मानसिक समस्या छैन। तर, उसले सुरक्षा उपकरणको अभावबारे बोलेको दिनदेखि विभिन्न धम्की आइरहेका थिए।' उनले कसैले आफूलाई फोन गरेर छोराको बारेमा सोध्दा गाह्रो हुने बताएका छन्।

डाक्टरको समर्थनमा सामाजिक सञ्जालमा आम मानिस उर्लिए पछि प्रहरीले जवाफ दिएको छ। बताएको छ,'हामीले सडकमा रक्सी पिएर लडेको मानिसविरुद्ध कारवाही गरेका हौं। हामीलाई थाहा थिएन उनी डाक्टर हुन् भन्ने।' डाक्टरलाई रक्सीको बोतल सडकमा फालेको आरोप समेत छ। विशाखापट्नमकी पुलिस कमिसनर आरके मीनाले प्रहरी त्यहाँ पुग्नुअघि नै डाक्टरलाई कसैले रोकेको थियो र हात बाँधिदिएको थियो। ती मानिसले उनीविरुद्ध उजुरी समेत दिएका छन्। तर कसले उजुरी दियो भन्ने बारे केही खुलाइएको छैन। घटनास्थलमा कोही नभएका कारण साक्षी पनि छैनन्। सार्वजनिक भिडियोमा प्रहरीले नै एक मानिसको सहयोगमा डाक्टरको हात बाँधेको भने देखिन्छ।

'उनले प्रहरीसँग गलत व्यवहार गरे। उनलाई कुनै किसिमको मानसिक समस्या रहेछ', मीनाले भने।

डाक्टर रावलाई पहिले प्रहरीकोमा लगिएको थियो। पछि सामान्य परीक्षणका लागि लगिएको थियो। डाक्टरकै सल्लाह अनुसार उनलाई मानसिक अस्पताल पुर्‍याइएको प्रहरीको दावी छ। दुई साताको उपचार पछि उनलाई के गर्ने भन्ने बारे जानकारी दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell