PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अस्ट्रेलियामा दशककै शक्तिशाली आँधीको प्रभाव देख्न सुरु, सतर्क रहन आग्रह



अस्ट्रेलियामा दशककै शक्तिशाली आँधीको प्रभाव देख्न सुरु, सतर्क रहन आग्रह
BUREAU OF METEOROLOGY

अस्ट्रेलियाको पश्चिमी तटीय क्षेत्रमा शक्तिशाली आँधी आउन लागेको भन्दै सतर्क रहन आग्रह गरिएको छ। केही घण्टामा नै आँधीले पश्चिमी तटीय क्षेत्रमा पुग्ने बीबीसीले जनाएको छ।

आँधीका कारण उक्त क्षेत्रमा मुसलधारे पानी पर्नुका साथै हावाहुरी चल्ने र समुद्रमा छाल आउन सक्ने अनुमान गरिएको छ। कतिपय क्षेत्रमा आँधीको प्रभाव देख्न सुरु भइसकेको बताइएको छ।

फायर एन्ड एमर्जेन्सी विभागका अधिकारीहरुले यस किसिमको आँधी 'एक दशकमा एक पटक' आउने बताएका छन्।

'सामान्तय हामी कहाँ दक्षिणपश्चिमबाट आँधी आउने गर्छ तर यो आँधी भने उत्तरपश्चिमबाट आउँदैछ' विभागका कार्यवाहक कमिश्नर जोन ब्रुमहलले भने।

तटीय क्षेत्रमा बस्दै आएकाहरुलाई सतर्क रहन र सुरक्षित स्थान तर्फ जान भनिएको विभागले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell