PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

स्पेनमा लकडाउन हटाउन माग गर्दै कार र्‍याली, प्रधानमन्त्रीको राजीनामा माग



स्पेनमा लकडाउन हटाउन माग गर्दै कार र्‍याली, प्रधानमन्त्रीको राजीनामा माग
PHOTO : GETTY IMAGES

स्पेनमा कोरोना भाइरसको नियन्त्रणका लागि गरिएको लकडाउनको विरोध गर्दै प्रदशर्न भएको छ। कोभिड १९ को नियन्त्रणका लागि सरकारले गरेका प्रयासहरुको विरुद्ध भक्स पार्टीको आह्वानमा कार र्‍याली निकालिएको हो।

राजधानी मड्रिडमा प्रदर्शनकारीहरुले भौतिक दुरी कायम राखेको बीबीसीले उल्लेख गरेको छ। उनीहरुको  सबै कारमा राष्ट्रिय झण्डा फहराउँदै र्‍याली निकाल्दै प्रधानमन्त्री पेड्रो सान्चेजको राजीनामा माग गरेका थिए।

स्पेनमा लकडाउन केही खुकुलो गरिएपनि बार्सिलोना र मड्रिडमा भने लकडाउनलाई कडा नै बनाइएको छ। सोमवारबाट भने यी दुई क्षेत्रमा पनि 'आउटडोर डाइनिङ' संचालन गर्न पाइनेछ। तर एक पटकमा १० जना भन्दा बढी भेला भने हुन पाइने छैन।

लकडाउनका कारण अर्थतन्त्रमा असर परेको भन्दै भक्स पार्टीले लकडाउन पूर्ण रुपमा हटाउनुपर्ने माग गर्दै आएको छ। उनीहरुले देशमा बेरोजगारी बढ्दै गएको भन्दै कोरोना नियन्त्रण गर्न सरकार असफल बनेको आरोप लगाउँदै आएका छन्।

युरोपियन राष्ट्रहरुमा स्पेन भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो। यहाँ २ लाख ३४ हजारभन्दा बढीमा भाइरसको संक्रमण देखिँदा २८ हजारको संक्रमणका कारण मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell