PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

विद्यार्थीको लकडाउन टिप्स : किताब घोक्नेमात्र हैन, यो व्यक्तित्व विकास गर्ने सुनौलो अवसर



विद्यार्थीको लकडाउन टिप्स : किताब घोक्नेमात्र हैन, यो व्यक्तित्व विकास गर्ने सुनौलो अवसर
चित्र: ज्वाला ढकाल

  • ज्वाला ढकाल-

कोभिड(१९ ले संसार भ्रमण गर्न शुरु गरेसँगै नेपालमा पनि लकडाउन सुरु भयो। लकडाउनले सबै जसोको सामान्य दैनिकीमा फेरबदली ल्याइदिएको छ।

विशेषगरी शिक्षा क्षेत्रलाई प्रभावित पारेको छ। स्कुलकलेज निरन्तर गइरहेका वा परीक्षाको तयारी गर्न छुट्टीमा बसेका विद्यार्थीहरु एकाएक घरमै यत्तिकै लामो समयसम्म बसिरहनु परेको छ। यस्तो अवस्थामा उनीहरुको पठनपाठन समय तालिका, आनीबानी र पढाईप्रतिको लगाबसम्म असर पुगेको अवस्था छ। धेरैजसो विद्यालयले अनलाइन एपद्वारा होमवर्क दिने पढाउनेजस्ता कार्य गर्दै आएका छन्।

तर यो सबै जिल्लामा सम्भव देखिन्न। यसका साथै इन्टरनेटभित्रका सामाजिक सन्जालहरु, युट्युब, नेट(फ्लिक्स, अनलाइन, गेमिङ, टिकटक म्युजिकल्ली आदिको नचाँहिदो र अनावश्यक लतहरुले उनीहरुलाई अमुल्य समयको वास्तविकता बुझ्नबाट बन्चित गरिरहेका छन्।

एक घन्टा यत्तिकै खेर फाल्ने मान्छेले जीवनको अर्थ पनि कदापि बुझ्दैन

यो चर्चित भनाइले पनि समय र जीवनको निकटतालाई दर्साउँछ। लकडाउन भएको पनि दुई महिना पुगिसक्यो। तसर्थ यस्तो समय साच्चै विद्यार्थीका लागि सुनौलो मौका हो। यो महत्वपूर्ण समयमा विद्यार्थीले स्कुल अवधिभर ध्यान नदिएको, नपढेको वा छुटेका पाठहरु दोहोर्‍यार पढ्न सकिन्छ। उत्कृष्ट नतिजा ल्याउन अझ बढी तयारी गर्न सकिन्छ। नबुझेका कुरालाई इन्टरनेटकै माध्यमद्वारा सिक्न र बुझ्न सकिन्छ।

यो समय आफ्नो व्यक्तित्व विकास गर्ने अवसर पनि हो। शिक्षा जीवनको मेरुदण्ड हो भने हाम्रो प्रतिभा, कला र हामीमा लुकेको क्षमता हाम्रो जीवनको स्वरुप अनि शरीर हो। शिक्षा, कला, सिर्जना, विचार  र प्रतिभा मिलेर नै हाम्रो व्यक्तित्व बनेको हुन्छ। त्यसैले लकडाउनमा पाठ्यपुस्तकको कुरामात्र घोकेर वा परीक्षामामात्र केन्द्रित भएर समयको सदुपयोग हुँदैन। पढाईको साथसाथै आफूलाई इच्छा लागेका क्रियाकलाप गरेर, आफ्ना प्रतिभालाई प्रस्फुटन गरेर, विचार र धारणाहरु बाँडेर र ज्ञान लिएर र दिएर आफ्नो मन मस्तिस्कलाई सिर्जनात्मक बनाएर मात्र व्यक्तित्वको विकास हुन्छ। यसैलाई समयको सही सदुपयोग मान्न सकिन्छ।

सामाजिक सन्जालको गलत तरिकाको प्रयोगले धेरैजसो विद्यार्थी सामाजिक क्रियाकलापमा घुलमिल हुन पछि पर्छन्। आफ्नै परिवारजन, छिमेकीसँग पनि पूर्ण रुपमा नजिकिएका हुँदैनन्। मोबाइल र ग्याजेट नै उनीहरुको मिल्ने साथी र खुशीको माध्यम बनिदिएको हुन्छ। समाजको विकास र उन्नतिको त कुरै छाडौ आफ्नै चरित्रको विकासमा पनि पूर्णविराम लागिदिन्छ।

यस सुनौलो घडीमा घरै बसेको बेला आफ्नो परिवार, छिमेक र समाजसँग यही इन्टरनेटकै सही सदुपयोग गरी जोडिन सकिन्छ, सम्बन्ध गाँस्न सकिन्छ। देशविदेशमा तत्काल के हुँदैछ, संसारको अवस्था कस्तो छ वा यस्तो बेला विश्वभरी रहेका आफूजस्ता विद्यार्थीहरुले कसरी आफूलाई सक्रिया बनाउँदै छन् के कस्ता नयाँ कार्य गरेका छन्। आदि कुराहरुको जानकारी लिन सकिन्छ। हामी सबैजना आफ्नो देश र संसारको अभिन्न अङ्ग हौं।

त्यसैले आफ्नो जीवनमा मात्र केन्द्रित रहने जतिसुकै उमेर, जुनसुकै कक्षा वा कुनै विषयमा अध्ययनरत भय पनि आफ्नो देश र संसारलाई खाँचो परेको बेला मौन रहनुभन्दा आफ्नो ज्ञान र शिक्षाद्वारा केही राम्रो कार्य गर्नु उत्तम हुन्छ। यो विद्यार्थीहरुको मुख्य सुत्र हो आफूले पढेका कुराहरुलाई व्यावहारिक ढंगले लागू गर्ने। जसबाट आफू र अरुको पनि जीवन अगाडि बढ्छ। समृद्धि र सम्पन्न राष्ट्र निर्माण नै यसको कारण हो।

जहाँ शिक्षा, त्यहाँ ज्ञानको ज्योति, चारैतिर उज्यालो। यही नै सिर्जनशील काम र शिक्षाको उपज हो। हाम्रो सोच, क्षमता र सिर्जनालाई अब यसबेला आफ्नो देश र संसारको हिततर्फ केन्द्रित गर्नु पर्दछ।

हाल हाम्रो देश सा(साना कदमले भए पनि अगाडि बढ्दैछ। यो देशका कर्णधार भनेर चिनिने हामी विद्यार्थी हौ। तसर्थ धेरै पढेर विदेश गएर जिन्दगी बनाउने मानसिकता त्यागौं। समयलाई चिन्न सिकौं। जुनसुकै अवस्थामा पनि समयसँगै आफ्नो कला, बोली, शिक्षा यही समाज, यही परिवार र यही माटोमा आफ्नो परिश्रम पोखौं। अहिले हाम्रो देशमा सीमा विवाद चल्दै गर्दा यो समस्यासँग डटेर अघि बढ्नुपर्दछ। प्रधानमन्त्री केपी शर्मा ओलीले हामी सम्पूर्ण नेपालीहरुलाई खुशी पार्ने कदम अगाडि सार्नु भएको छ, जुन आफ्नो अखण्ड र सार्बभौमसत्ता सम्पन्न देश नेपालको अस्तित्वको सुरक्षा र स्वतन्त्रताको लागि हो।

देशको गौरव, स्वाभिमान र रास्ट्रियतामा आँच आउन नदिन सम्पूर्ण नेपालीले  बुलन्द गरेको आवाज साच्चिकै प्रसङ्शनीय र महत्वपूर्ण छ। अरुबाट हेपिएको पीडा साँच्ची नै सही नसक्नु नै हुन्छ। हाम्रो देशलाई कसैको धम्की र हेपाइतीले लड्खडाउन नदिन वा यसको शान र स्वाभिमान सदैब कायम राख्न हामीजस्ता कर्णधारहरुको खाँचो छ। जब देशका कुनाकुनामा शिक्षित परिवारको सीप र परिश्रम पोखिन थाल्छ तबमात्र नेपालले विकासको खुड्किलोलाई क्रमश थप्दै लानसक्छ।

हिमाल, पहाड र तराइ सबै क्षेत्रका नेपाली युवाहरुले अब यही माटोमा अवसर बनाउनु पर्दछ। परदेश गएर मरिमेटी काम गर्दै रेमिटेन्सले देशको आधा अर्थतन्त्र उकास्नु भन्दा बरु मातृभूमिमै विश्वासको भावना बोकी सबैले आफ्नो शिक्षा, सीप र ज्ञानलाई उपयोग गरेर सिङ्गो राज्यको अर्थतन्त्र उकास्नु उत्तम हुन्छ। अमेरिका, युरोप र खाडी क्षेत्रमा ताती लागेर पढाई, कमाइ र ग्रीनकार्डको सपना बोकेर देश छोड्नेहरुले आफ्नो देशको उत्कृष्ट शिक्षाप्रति विश्वास गर्नुपर्दछ। आफ्नै देशको शिक्षा प्रणालीलाई विकसित र परिवर्तन गर्नुपर्दछ। बरु ती मुलुकका विद्यार्थी हाम्रो नेपाल आएर गुणस्तरीय शिक्षा र उत्तम सीप सिकेर जाउन्, जहाँ नेपालको मान र शान झल्कनेछ। हामी विद्यार्थीहरु हाम्रो देशका भविस्य निर्माता र राष्ट्रका बफादार सेना पनि हौ। हामीले वर्तमानलाई सम्मान गर्दै समयको भरपुर सदुपयोग गर्नुपर्दछ जसले हाम्रो सुन्दर भविश्यको निर्माण गर्न सकोस्।

***

२०७५ मा १६ वर्षको थिएँ। ममा सानैदेखि समाज र राष्ट्रको लागि केही गरौं भन्ने भावना आउँथ्यो। मेरो स्कुले जीवनमा प्रिन्सिपल९सिस्टर० र टिचर अनि घरको राम्रो वातावरणले गर्दा होला, कक्षामा पनि अमेरिकाको सपना देख्नुभन्दा आफू राम्रो बनेर आफ्नै माटो मलिलो पार्न परिश्रमी र लगनशील बन्नुपर्छ भन्ने भावना आउँथ्यो। त्यसै क्रममा मैले प्रयास नेपाल नामक एउटा संस्थाको बालबालिकालाई कक्षा ९ मा शनिवार र आइतवार गरी छ महिना आर्ट एण्ड क्राफ्टको तालिम दिएँ। जब म एसईईको बिदामा थिएँ ( एउटा सोच आयो, पहिला ती बालबालिकालाई केही गरौ। पछि सोचे जस्तो भएछ भने देशभरका बालबालिकालाई सोचेर मेरो आफ्नो लक्ष्य परिवर्तन गर्छु। तर सोचेको सबै कुराभन्दा पारिणाम उल्टो भयो, लगानी पनि उठेन। भिजन धेरै ठुलो थियो, एसईईको बिदामा २२ दिनमा ७० वटा र पहिला बनाएको थप गरी जम्मा ११० चित्र बबरमहलको आर्ट ग्यालेरीमा २०७५ वैशाख २२ देखि २९ गतेसम्म प्रदर्शनीमा राखियो। त्यो मेरो प्रथम एकल चित्रकला प्रदर्शनी थियो।

सबै चित्रहरु समाज र प्रकृतिसँग सम्बन्धित थिए। चित्रकारीता मेरो रुचि अन्तर्गतको कुरा पनि। त्यसैले सोचेअनुरुपको नभएपछि आफ्नो संकल्पलाई पनि चेन्ज गरें मैले। फुर्सद्को समयलाई सदुपयोग गरेकैले होला लगानीभन्दा पनि मैले त्यहाँ अमुल्य अनुभवहरु बटुलें। धेरैलाई सिकाएकी पनि थिएँ भने धेरैबाट सिकें पनि। प्रदर्शनीबाट समाजमा भएका विकृती, कुरिती, प्रकृति र मान्छेको सम्बन्ध आदिबारे मेरा विचारहरु समाजमा पोख्न सफल भए। त्यो सबै समयको सही उपयोगको फल थियो। प्रदर्शनीमा प्रमुख अथिति संस्कृति राज्यमन्त्री माननीय धनबहादुर बुढा, पूर्व उप(प्रधान तथा गृहमन्त्री वामदेव गौतमलगायत अन्य मान्य व्यक्तित्वहरु र लगभग तीन चार हजारले प्रदर्शनीको अवलोकन गरिदिनु भयो।

अन्त्यमा, हाल म १२ को बोर्ड एक्ज्यामको तयारी गर्दै कोभिड (१९ अन्तर्गत हाम्रो सरकारले लागू गरेको नियमहरुको पालना गर्दै र आफ्नो आत्मबललाई दरो बनाएर बसेकी छु।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell