PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बजेट पुरानै ढर्राको : कमल थापा, 'सिर्जनशील सोचाईको अभाव'



बजेट पुरानै ढर्राको : कमल थापा, 'सिर्जनशील सोचाईको अभाव'
फाइल फोटो

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बिहीवार प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को बजेट पुरानै ढर्राको भएको प्रतिक्रिया दिएका छन्।

आज अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमाथि प्रारम्भिक टिप्पणी गर्दै थापाले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु सकारात्मक भएको बताएका छन्।

'स्वास्थ,कृषीलाई प्राथमिकता तथा दुध/मासु /तरकारीमा आत्मनिर्भर बन्ने सकारात्मक,' सामाजिक सञ्जाल ट्वीटरमा अध्यक्ष थापाले लेखेका छन्, 'विदेशीलाई वर्क पर्मिटमा कडाई गर्नसके राम्रो।'

पूर्वाधार विकासमा बजेट घटाएकोप्रति भने उनले असन्तुष्टि व्यक्त गरेका छन्। भनेका छन्, 'पूर्वाधार बिकासमा बजेट घटाएको ठीक भएन।'

संभावित चुनौति सामना गर्ने सिर्जनशील सोचाईको अभाव बजेटमा देखिएको उल्लेख गर्दै उनले थपेका छन्, 'समग्रमा पुरानै ढर्राकै सामान्य बजेट।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell