PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

नेकपा सचिवालय बैठक: परराष्ट्रमन्त्री, अर्थमन्त्री र भीम रावल सहभागी, एमसीसीबारे निर्णय हुन सक्ने



नेकपा सचिवालय बैठक: परराष्ट्रमन्त्री, अर्थमन्त्री र भीम रावल सहभागी, एमसीसीबारे निर्णय हुन सक्ने

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। 

जारी बैठकमा आज परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा सहित नेता भीम रावललाई आमन्त्रण गरिएको छ।

एमसीसीलाई संसदबाट पारित गराउने विषयमा नेकपा भित्र नै विवाद भइरहेको बेला आमन्त्रित सदस्यहरुबीच बैठक बसेको हो।

नीति तथा कार्यक्रममा एमसीसीको कार्यक्रम समावेश गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र भीम रावलले आपत्ति जनाउँदै एमसीसी जस्केलाबाट घुसाउन खोजेको हो भन्दै प्रधानमन्त्रीलाई पत्र लेखेका थिए।

आजको बैठकले एमसीसीबारे निर्णय गर्न सक्ने बुझिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell