PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'म नवराज, मेरो बाँच्ने अधिकार खोई?' भन्दै रुकुम घटनाको विरोधमा प्रदर्शन

'म नवराज, मेरो बाँच्ने अधिकार खोई?' भन्दै रुकुम घटनाको विरोधमा प्रदर्शन


काठमाडौं : शनिवार माइतीघरमा पश्चिम रूकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ मा भएको घटनाको विरोधमा प्रदर्शन भएको छ।

कांग्रेस पाठशालाको आयोजनामा भएको प्रदर्शनमा नेविसंघ, नेपाल दलित संघ, दलित विद्यार्थी संघलगायतले प्रतिनिधि उपस्थित थिए।

'म नवराज, मेरो बाँच्ने अधिकार खोई', 'म गणेश मेरो विदेश जाने सपना खोई?' 'म लोकेन्द्र मेरो व्यवसाय थाल्ने सपना खोई?' ‘प्रेमको बदलामा नरसंहार?‘ लेखिएका प्लेकार्ड लिएर उनीहरूले प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीले छानविनका लागि संसदीय छानविन समिति बनाउन पनि माग गरे।

गत शनिवार रुकुमबाट नवराज आफ्नी प्रेमिकाको घर गएका जाजरकोटका नवराज विकसहित पाँच जना युवाको मृत्यु भएको थियो। एक जना अझै वेपत्ता छन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell