PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पर्सामा एकै दिन थपिए ७ कोरोना संक्रमित



पर्सामा एकै दिन थपिए ७ कोरोना संक्रमित

वीरगंज : पर्सामा शनिवार दिनभरमा ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। शनिवार विहान २ जना र साँझ ५ जना गरी कुल ७ जना थपिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी गराए।

बिहहान सखुवा प्रसौनी गाउँपाकिलाको पाँचगावामा रहेको दीपनारायण आदर्श मावि स्कूलको क्वारेन्टाइनमा रहेका १८ वर्ष पुरुष र ६० वर्षको महिलामा संक्रमण पुष्टि भएको थियो भने नारायणी अस्पतालको ल्याबकै अर्को नतिजाअनुसार शनिवार साँझ पटेर्वा सुगौलीमा एक महिलासहित ५ जनामा कोरोना पुष्टि भएको उनले जनाएका छन्।

पटेर्वा सुगौली गाउँपालिकाको निचुटास्थित क्वारेन्टाइनमा बस्दै आएका उनीहरुको उमेर २२ वर्षका दुई जना, २५ वर्ष र ३६ वर्षका २ जना गरी कुल ५ जना रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell