PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आफ्ना सांसदलाई संविधान संशोधनको पक्षमा मत हाल्न काँग्रेस केन्द्रीय समितिको निर्देशन



आफ्ना सांसदलाई संविधान संशोधनको पक्षमा मत हाल्न काँग्रेस केन्द्रीय समितिको निर्देशन

काठमाडौं : नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक भर्खरै सम्पन्न भएको छ।

शनिवार दिउँसोबाट शुरु भएको बैठक राति १० बजेसम्म जारी रह्यो।

लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नयाँ नक्सालाई संविधानको अंग बनाउने प्रस्तावमा के गर्ने भन्ने विषयमा निर्णय लिन केन्द्रीय समितिको बैठक बसेको थियो।

बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले यसको पक्षमा मत हाल्नका लागि प्रस्ताव पेश गरेका थिए। बैठकको अन्त्यमा सभापति शेरबहादुर देउवाले संसदीय दललाई प्रस्तावको पक्षमा मत हाल्न निर्देशन दिएका हुन्।

बैठकपछि काँग्रेस केन्द्रीय सदस्य एवं सांसद गगन थापाले ट्वीट गर्दै यसबारे पुष्टि गरेका छन्। थापाले भनेका छन्, 'बैठक सकियो।परिवर्तित नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको पक्षमा मतदान गर्न संसदिय दललाई निर्देशन।'

बैठकले संविधान संशोधनको पक्षमा मत दिन निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले पुष्टि गरे। शर्माले कांग्रेसको इतिहास स्मरण गराउँदै यसपटक पनि देशको पक्षमा पार्टी रहेको बताए।

'नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको यो बैठकले सरकारद्वारा प्रस्तुत संविधान संशोधनको पक्षमा मतदान गर्न नेपाली कांग्रेस पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको छ,' बैठकपछि प्रवक्ता शर्माले भने, 'नेपाली काँग्रेस पार्टीले विगतदेखि नै भन्दै आएका थियौ। ती भूभागमा नेपालको हक निर्वाध रुपले स्थापित हुनुपर्दछ। त्यसका लागि उच्चस्तरीय कुटनीतिक र राजनीतक पहल सरकारले गर्नुपर्दछ। हाम्रो त्यसमा सरकारलाई साथ रहनेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell