PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कैलालीका तीनसहित सुदूरपश्चिममा थपिए पाँच कोरोना सङ्क्रमित



कैलालीका तीनसहित सुदूरपश्चिममा थपिए पाँच कोरोना सङ्क्रमित

कैलाली : सुदूरपश्चिममा थप पाँच जनामा कोरोना पुष्टि भएको छ। धनगढीमा रहेको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना पुष्टि भएको हो।

बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर १ की दुई वर्षीय मृतक बालिका र उनकी २३ वर्षीय आमा, धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का ४७ वर्षीय पुरुष, कैलालीको भजनी नगरपालिका वडा नम्बर ७ का २३ वर्षीय पुरुष र जानकी गाउँपालिका वडा नम्बर ९ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ।

सुदूरपश्चिममा यसअघि २० जनामा कोरोना पुष्टि भइसकेको छ भने कर्णाली प्रदेशमा सुदूरपश्चिमकै थप दुई जना सङ्क्रमितको उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell