PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

घेदुङको सहयोगमा तामाङ पत्रकारको ‘कोरोना बीमा’



घेदुङको सहयोगमा तामाङ पत्रकारको ‘कोरोना बीमा’

काठमाडौं : नेपाल तामाङ घेदुङले तामाङ पत्रकारहरूको ‘कोरोना बीमा’ गर्न तामाङ पत्रकार संघलाई आर्थिक सहयोग तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।

कोरोना महामारीको बढ्दो जोखिमलाई मध्यनजर गर्दै घेदुङ संघीय कार्यसमितिले ८२ जना तामाङ पत्रकारको बीमा गर्न लाग्ने प्रिमियम शुल्कबापतको ४९ हजार २ सय रुपैयाँ तथा १ सय थान केएन–९५ मास्क तामाङ पत्रकार संघलाई हस्तान्तरण गरेको हो। आइतवार एक समारोहबीच घेदुङकी वरिष्ठ उपाध्यक्ष बेली लामाले पत्रकार संघका अध्यक्ष विष्णु तामाङलाई उक्त सहयोग हस्तान्तरण गरिन्।

८२ जनाका लागि प्रतिव्यक्ति १ लाख रुपैयाँ बिमाङ्कको बीमा गर्न लाग्ने ४९ हजार २ सय रुपैयाँ रकम र मास्क नेपाल तामाङ घेदुङ पुरातात्त्विक अनुसन्धान विभाग प्रमुख कुयाङ लामा घिसिङले सहयोग गरेको घेदुङका उपाध्यक्ष कुमार घिसिङले जानकारी दिए।

उक्त कार्यमा घेदुङको सूचना तथा सञ्चार विभागले विशेष पहल गरेको थियो। पत्रकार संघका निवर्तमान अध्यक्षसमेत रहेका जगत दोङले समन्वयकारी भूमिका खेलेका थिए।

संघका अध्यक्ष विष्णु तामाङले कोरोना भाइरसको जोखिम बढिरहेको अवस्थामा पत्रकारको बिमा गर्न सहयोग गरेकोमा घेदुङको संघीय कार्यसमिति, पुरातात्त्विक अनुसन्धान विभाग प्रमुख घिसिङ र यस कार्यमा समन्वय गर्ने सूचना तथा सञ्चार विभागप्रति आभार व्यक्त गरे। उनले देशभर क्रियाशील ८२ जनाको युनाइटेड इन्स्योरेन्स कम्पनीमा बीमा गरिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell