PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

क्वारेन्टाइन बनाउने क्रममा मृत्यु भएका वडाध्यक्षका परिवारलाई नगरपालिकाको पाँच लाख



क्वारेन्टाइन बनाउने क्रममा मृत्यु भएका वडाध्यक्षका परिवारलाई नगरपालिकाको पाँच लाख

महेन्द्रनगर : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले वडा ७ का वडाध्यक्ष कल्लु रानाको आश्रित परिवारलाई पाँच लाख सम्मान स्वरुप आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्युनीकरणका लागि राष्ट्रिय माविमा क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन गर्ने क्रममा जेठ १३ गते राति हृदयघातका कारण रानाको निधन भएको थियो।

नगरपालिकाको आइतवार बसेको ५३ औं कार्यपालिका बैठकको रानाको परिवारलाई नगरपालिकाको तर्फबाट सहयोग गर्ने निर्णय गरेको हो।

साथै वडाध्यक्ष रानाको आश्रित परिवारलार्ई आर्थिक सहयोग गर्नका लागि संघीय र प्रदेश सरकारसँग पनि पहल गर्ने निर्णय गरिने नगरपालिकाले जनाएको छ।

नगरपालिकाले कोभिड १९ को संक्रमण रोकथाम तथा न्युनीकरणका लागि ९ वटै वडाहरुमा स्थापना गरिएका सबै क्वारेन्टाइनहरुमा बसेका नागरिकहरुलाई दुई छाक खाना र एक पटक खाजाबापत प्रति व्यक्ति प्रति दिन २५० का दरले वडा समितिले गरेको निर्णय बमोजिम उपलब्ध गराउने निर्णय पनि गरेको छ।

त्यसैगरी क्वारेन्टाइनमा स्वयंसेवकका रुपमा काम गर्ने ५० जनासम्मको क्वारेन्टाइनमा २ जना सो भन्दा माथि ३ जना स्वयम्सेवक खटाउने निर्णय पनि गरिएको नगरपालिकाले जनाएको छ।

साथै क्वारेन्टाइनमा रहेका नागरिकहरुको आरडीटी परीक्षण गर्न कीट खरिद गर्ने निर्णय गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell