PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

संविधान संशोधन विधेयकको जानकारी राजपत्रमा प्रकाशित



संविधान संशोधन विधेयकको जानकारी राजपत्रमा प्रकाशित

काठमाडौं : सरकारले आइतवार प्रतिनिधी सभा बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक,२०७७’ पेश गरेको सूचना राजपत्रमा प्रकाशित गरेको छ।

नेपालको संविधान, धारा २७४ को उपधारा (३) बमोजिम सभामा पेश भएको विधेयक ३० दिनभित्र सर्वसाधारण जनताको जानकारीको लागि सर्वजनिक रुपमा प्रकाशन गर्नु पर्ने भन्ने व्यवस्था बमोजिम राजपत्रमा उक्त विधेयक प्रकाशन गरिएको हो

आइतवारको प्रतिनिधिसभा बैठकमा कानुनमन्त्री शिवमाया तुम्वाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ पेश गरेकी हुन्।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गरेको छ। अध्यावधिक नक्सा अनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्र अंकित नक्सा मिलाउन विधेयक पेश गरिएको हो। जसलाई संसदले पारित गर्नुपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell