PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मन्त्रिपरिषदको बैठक : लकडाउनको मोडालिटीबारे कार्ययोजना तयार गर्न उच्चस्तरीय समितिलाई निर्देशन



मन्त्रिपरिषदको बैठक : लकडाउनको मोडालिटीबारे कार्ययोजना तयार गर्न उच्चस्तरीय समितिलाई निर्देशन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवनस बालुवाटारमा बिहीवार मन्त्रिपरिषद् बैठक बस्यो। बैठकमा लकडाउन खुकुलो बनाउने विषयमा छलफल भए पनि यसको विषयमा कुनै निर्णय भने हुन नसकेको एक मन्त्रीले जानकारी दिए। 

मन्त्रिपरिषदले लकडाउनको मोडालिटी कार्ययोजना तयार गर्न कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेललाई निर्देशन दिएको ती मन्त्रीले बताए।

यसै विषयमा प्रधानमन्त्री ओलीले बुधबार साँझ विज्ञहरुसँग परामर्श गरेका थिए। परामर्शमा स्वास्थ्यविद, अर्थविद, योजनाविद् लगायतले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमनत्री ओलीलाई सुझाव दिएका थिए भने प्रधानमन्त्री ओली पनि यसबारे सकारात्मक देखिएका थिए।

चैत ११ गतेबाट लागू गरिएको लकडाउन पछिल्लो समय जेठ ३२ गतेसम्मका लागि बढाइएको छ।  जनजीवनमा असर पुगेपछि यसलाई खुकुलो बनाउनुपर्ने सरकारलाई दबाव छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell