PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

डिजी स्कुलले बनायो स्कुल म्यानेजमेन्ट सफ्टवेयर, यस्तो छ विशेषता



डिजी स्कुलले बनायो स्कुल म्यानेजमेन्ट सफ्टवेयर, यस्तो छ विशेषता

काठमाडौं : डिजी स्कुल ग्लोबलले विद्यालयका सम्पुर्ण गतिविधिलाई अनलाइन माध्यमबाट व्यवस्थित गरि स्मार्ट स्कुलको अवधारणामा 'स्कुल म्यानेजमेन्ट सफ्टवेयर' तयार गरेको छ।

बेलायतको एनसिसि एजुकेसनले स्कुले विद्यार्थीका लागी तयार गरेको कम्प्युटर पाठ्यक्रम 'डिजी स्कुल'लाई नेपालमा प्रवर्द्धन गर्दै आएको डिजी स्कुल ग्लोबलले 'विद्यालय सपोर्ट कार्यक्रम' अन्तर्गत सफ्टवेयर तयार गरेको हो।

डिजी स्कुलको कम्प्युटर कोर्ष लागू भएका विद्यालयलाई पाँच वर्षका लागि र अन्य सबै विद्यालयलाई एक वर्षका लागि सफ्टवेयर नि:शुल्क दिइने डिजी स्कुल ग्लोबलका प्रवर्द्धक सफ्टवेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए।

सफ्टवेयर लागू गर्न चाहने विद्यालयले डिजी स्कूलमा सम्पर्क गर्न सक्नेछन्।

के छ त स्कुल म्यानेजमेन्ट सफ्टवेयरमा ?

विद्यार्थी तथा शिक्षकको डाटाबेस, हाजिरी र बिदा, शुल्क संकलन, रिसेप्सन अभिलेख, आम्दानी तथा खर्च सबैको ब्यवस्थापन स्फ्ट्वेर मार्फत हुने जनाइएको छ।

यस्तै, अनलाइन परीक्षा प्रणाली समेत हुने सफ्टवेयरमा भौतिक रुपमा लिइएको परीक्षाको अभिलेख समेत राख्न मिल्नेछ। गृहकार्य दिने/लिने साथै विद्यार्थी र शिक्षकलाई आवश्यक विभिन्न पाठ्य सामग्री डाउनलोड गर्ने सुविधा समेत सफ्टवेयरमा उपलब्ध छ।

शिक्षकहरुको आन्तरिक संचार देखि अभिभावकसँगको अनलाइन संचार, लाइब्रेरीको अभिलेख, जिन्सी खाता तथा मानव संसाधनको अभिलेख सफ्टवेयरको माध्यमबाट हुनेछ। स्कुल बस र होस्टेलको सम्पुर्ण गतिविधिको अभिलेख सफ्टवेयरबाट गर्न सकिन्छ।

विद्यार्थीको प्रगति विवरण र प्रमाणपत्र तथा लब्धाङ्कपत्र हेर्न र प्रीन्ट गर्न मिल्ने व्यवस्थासँगै शैक्षिक क्यालेन्डरको अपडेट सुविधा समेत सफ्टवेयरमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell