PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पाटनमा युवाहरुको विरोध प्रदर्शन, सत्याग्रहको समर्थन गर्दै सरकारलाई खबरदारी

पाटनमा युवाहरुको विरोध प्रदर्शन, सत्याग्रहको समर्थन गर्दै सरकारलाई खबरदारी


ललितपुर : कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि उचित पहल उठाउन सरकारलाई दवाव दिने उद्देश्य स्वरुप पाटन दरबार क्षेत्रमा आज प्रदर्शन गरियो। कृष्ण मन्दिर परिसर अगाडी भौतिक दुरी कायम गर्दै युवाहरुले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन्।

कोरोना भाइरस परीक्षणमा आरडीटीको प्रयोग बन्द गरी पीसीआर लागू गर्न र क्वारेन्टाइनको अवस्था ठिक गर्न उनीहरुको माग गरेका थिए।

प्रदर्शनमा उत्रेकाहरुले कोरोना भाइरस नियन्त्रणमा सरकारले चालेको कदम प्रभावकारी नभएको आरोप लगाउँदै शुक्रवारबाट पाटनमा सत्याग्रहमा बसिरहेकाहरुको समर्थन समेत गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell