PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

साम्राज्ञीविरुद्ध भुवन केसीको उजुरी, झुठा लाञ्छना नलगाउन चेतावनी



साम्राज्ञीविरुद्ध भुवन केसीको उजुरी, झुठा लाञ्छना नलगाउन चेतावनी

काठमाडौं : अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध चलचित्र कलाकार संघमा उजुरी दिएका छन्। साम्राज्ञीले दुर्व्यवहारको आरोप लगाएपछि भुवनले छानविनको माग गर्दै बिहीवार उजुरी दिएका हुन्।

साम्राज्ञीले सामाजिक सञ्जालमार्फत केही दिनअघि भुवनलाई लक्षित गरेर दुर्व्यवहार गरेको, शोषण गरेको आरोप लगाएकी थिइन्। भुवनले पनि सामाजिक सञ्जालबाटै जवाफ दिएका थिए। सामाजिक सञ्जालमा आरोपप्रत्यारोप चलिरहँदा भुवनले यो घटनाक्रमलाई चलचित्र कलाकार संघमा लगेका हुन्।

चलचित्र कलाकार संघमा उजुरी दिनुअघि भुवनले फेसबुकबाट साम्राज्ञीलाई झुठा लाञ्छना नलगाउन चेतावनी दिएका छन्। हुँदै नभएको आरोप लगाएर चलचित्रको क्षेत्रमा रात दिन कार्यरत रही आफूले हासिल गरेको मान प्रतिष्ठामा आघात पुग्ने गरी सामग्रीहरु सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रह गरेका छन्।

'तपाईंले यस्ता झुठा लाञ्छना लगाउने कार्यहरु गरे/गराएमा तपाईं उपर प्रचलित साइबर कानुन र मानहानी सम्बन्धी कानुनको प्रयोग गरी सजायको भागेदारी गराउने ब्यहोरा तपाईंलाई दु:खका साथ जानकारी गराउँदछु,' भुवनले चेतावनी दिँदै उल्लेख गरेका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell