PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

रोपाईमा रडाको, आफ्नै खेतमा रोपाई गर्न पुगेका किसानमाथि प्रहरीद्वारा अश्रुग्यास प्रहार

रोपाईमा रडाको, आफ्नै खेतमा रोपाई गर्न पुगेका किसानमाथि प्रहरीद्वारा अश्रुग्यास प्रहार


ललितपुर :  खोकनाको खुदोल फाँटमा प्रस्तावित फास्ट ट्रयाकको जिरो किलोमिटरको विरोधमा स्थानीयले सांकेतिक विरोध स्वरुप धान रोप्न पुगेका थिए।  उनीहरु रुद्रायणी मन्दिरमा भेला भएर ट्रयाक्टर, कुटो कुदालोसहित कुदेश, सिकाली हुँदै  खुदोल पुगेका थिए।

असार १५ गते खेतमा धान रोप्ने पुगेका किसानलाई प्रहरीले रोकेपछि शनिवार उपत्यकाका विभिन्न स्थानबाट मानिसहरु किसानको समर्थनमा खोकनामा पुगेका हुन्। रुद्रायणीबाट करिब आधा घण्टा हिँडेर खुदोल पुगेका सयौं  व्यक्तिले खोकनाको सभ्यता विनाश गर्न नपाइने भन्दै नारा लगाएका थिए। 

प्रस्तावित फास्ट ट्रयाकको विरोधमा उनीहरुले खुदोलमा धान रोपाइ गरी सांकेतिक विरोध प्रदर्शन गरे। धिमे र भुस्या बजाउँदै धान रोपाईमा सहभागी भएका उनीहरुले खोकनाको कृषि योग्न जमिन अतिक्रमण गर्न नपाइने भन्दै प्रदर्शन गरे।  त्यही बेला उनीहरुमाथि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको छ। किसानहरु खेतमा पुग्नुअघि नै ती ठाउँमा प्रहरी तैनाथ थिए।



ट्रेन्डिङ पोस्ट

Ncell