PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सरिता गिरीलाई समाजवादीको कारबाही : सांसद पद गयो, पार्टीबाट पनि निष्कासित



सरिता गिरीलाई समाजवादीको कारबाही : सांसद पद गयो, पार्टीबाट पनि निष्कासित

काठमाडौं :  समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट हटाउने निर्णय गरेको छ।

आज बसेको कार्यकारिणी समितिको बैठकले पार्टी र सांसदबाट हटाउने निर्णय गरेको उपमहासचिव प्रकाश अधिकारीले जानकारी दिए।

संविधानको अनुसूची ३ मा रहेको निसान छाप परिवर्तनका लागि कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको नक्सा संशोधनका लागि ल्याइएको संविधान संशोधन विधेयकको गिरीले संशोधन प्रस्ताव हालेकी थिइन्।

पार्टी सचेतक उमाशंकर अरगरियाले संशोधन प्रस्ताव फिर्ता लिन भन्दै गिरीलाई निर्देशन दिए पनि उनले मानिन्।

संविधान संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने दिन पार्टीको ह्विपविपरीत संसद्‌मा उपस्थित भएर उनले संविधान संशोधन प्रस्तावमा मतदान गरिनन्।

त्यसपछि पार्टी महासचिव रामसाहयप्रसाद यादव नेतृत्वमा मोहमद इस्तियाक राई र सुशिला श्रेष्ठ रहेको कार्यदल गठन गरेको थियो। उक्त कार्यादलले गिरीलाई सांसद पद र पार्टीबाट हटाउन मंगलबार सिफारिस गरेको थियो। उक्त सिफारिसको आधारमा पार्टीले निर्णय गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell