PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेकपाको स्थायी कमिटी फेरि स्थगित



नेकपाको स्थायी कमिटी फेरि स्थगित

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ। बुधवार ११ बजेका लागि तय भएको बैठक स्थगित भएको हो। अर्को बैठक २६ गतेका लागि बोलाइएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए।

मंगलवार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बुधवारको स्थायी कमिटी बैठक सञ्चालन गर्ने सहमति गरेका थिए। पार्टीको विवाद उत्कर्षमा पुगेका बेला दुई अध्यक्षले छलफललाई निरन्तरता दिने र बुधवारको बैठक सञ्चालन गर्ने सहमति भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका थिए।

तर, आज पनि बैठक नबस्ने भएको छ।

गत बिहीवारको बैठकले सोमबार बैठक बस्ने गरी स्थगित गरेको थियो। त्यस्तै सोमवारका लागि बोलाइएको  बैठक बुधवार बस्ने गरी स्थगित गरिएको थियो।

विवाद समाधानका लागि भन्दै दुई अध्यक्ष छलफलमा जुटे पनि निष्कर्ष निस्कन सकेको छैन। अन्य नेताहरु दुई अध्यक्षले नै समस्या समाधान गर्नुपर्ने भन्दै दबाव दिँदै आएका छन्। स्थायी कमिटी बैठक असार १० गतेबाट सुरु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell