PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मुल्यवृद्धि खारेजीको माग गर्दै आयल निगम पुग्यो नेविसंघ



मुल्यवृद्धि खारेजीको माग गर्दै आयल निगम पुग्यो नेविसंघ

काठमाडौं : नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तुरुन्त खारेज गर्न माग गरेको गरेको छ। नेविसंघले नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाउँदै कोरोना महामारीका बेला मूल्य वृद्धि गरिएकोप्रति आपत्तिसमेत जनाएको छ।

बुधवार नेविसंघले निगमलाई ७ बुँदे सुझावसहितको ज्ञापनपत्रसमेत बुझाएको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए। तीन महिनाको अवधिमा ३ अर्ब नाफा कमाएको आयल निगमले विश्व बजारमा मूल्य बढ्दैमा ५ रुपैयाँ बढाउनु गलत भएको उल्लेख गरेको छ। मानिसहरुको रोजगारी गुमेको बेला मूल्य बढाउनु अमानवीय कार्य भएको भट्टराईल बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell