PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राजेश हमाललाई खलनायकदेखि नायिकाको साथ, तनावमा दीपक र दिपाश्री



राजेश हमाललाई खलनायकदेखि नायिकाको साथ, तनावमा दीपक र दिपाश्री

काठमाडौं : नेपाली चलचित्र क्षेत्रमा 'महानायक' उपाधि सधै विवादमा रहन्छ। कलिउडमा राजेश हमाललाई महानायक भनिन्छ। तर महानायक पदका कारण उनी बेलाबेला विवादमा तानिने गर्छन्।

यसपाली हास्य कलाकार हुँदै निर्देशकको परिचय बनाएकी दिपाश्री निरौलाले राजेशको महानायक पदमाथि प्रश्न गरेपछि एकपटक फेरि यो विवाद सतहमा आएको छ। दिपाश्रीले राजेशलाई महानायक हो र? भनेर ठाडै अस्वीकार गरेकी छिन्। उनको प्रश्नले महानायक पद विवाद त तानिएको छ तर जनसमर्थन भने राजेशकै पक्षमा देखिएको छ।

उनी महानायक नै हुन, योग्य छन् भन्ने म त जबरजस्त रुपमा प्रवाह भइरहेको छ। साथै दिपाश्रीका साथै उनको बचाउमा लागेका दिपकराज गिरी भने चौतर्फी आलोचनाले तनावमा छन्।

राजेशको पक्षमा को को?

महानायक विवाद बढ्दै जाँदा कलाकारहरु सांकेतिक रुपमा तथा सिधै पनि राजेश हमालको पक्षमा खुल्न थालेका छन्। अधिकांश कलाकारले दिपाश्रीको विरोध गरेका छन्।

करिश्मा मानन्धरले अरुको आश, ईश्या, आलोचना र खुट्टा तान्नुभन्दा पनि आफ्नो विशेषतामा ध्यान लगाउन दिपाश्रीलाई सांकेतिक रुपमा सुझाएकी छिन्। उनले मुर्ख अरुको कमजोरीमा हाँस्ने र जो भलादमी र बुद्धिमान छ, उ आफ्नो कमजोरीमा आफैँ माथि हाँस्ने भन्दै व्यंग्यसमेत गरेकी छिन्।

नायिका रेखा थापाले पनि दिपाश्रीको सांकेतिक रुपमा आलोचना गरेकी छिन्। ‘हामी मानवले पाएको अमूल्य विवेकको काम निर्माण गर्ने हो। बिग्रेकोलाई फेर्ने र नभएको चिज रचना गर्ने हो,’ उनले भनेकी छिन्

नायक जयकिशन बस्नेतले पनि राजेशको तुलना अरुसँग नहुने भन्दै उनी महानायक भएको उल्लेख गरेका छन्। उनले हमाललाई विवादमा नल्याउन आग्रह समेत गरेका छन्।

कलाकार एवं निर्देशक युवराज लामाले राजेश नै नेपाली फिल्म क्षेत्रको एक मात्र महानायक भएको ठोकुवा गरेका छन्। उनले दिपाश्रीलाई आकाशतिर फर्किएर थुके आफ्नै मुखमा पर्ने भन्दै सचेत गराएका छन्।

चर्चित खलनायक राजेन्द्र खड्गीले पनि राजेश नै महानायक भएको बताएका छन्। फिल्म इण्डस्ट्रीलाई अफ्ठेरो अवस्थामा राजेशले साथ दिएको भन्दै खड्गीले दिपाश्रीलाई घेरै चुरीफरी नगर्न चेतावनी दिएका छन्।

नायिका विपना थापाले गुणस्तरका हिसाबमा राजेश नै महानायक भएको बताएकी छिन्।

नायक विराज भट्टले पनि राजेशजस्तै लामो समयसम्म फिल्म इण्ड्रस्टी चलेर देखाउन चुनौती दिए। ’३० ‌औ वर्ष इण्ड्रस्टीलाई लिड गरेको मान्छेलाई महानायक त्यतिकै बनाएको त होइन। उहाँ महानायक र सफल व्यक्ति हो। एक दुई फिल्मको असफलतासँग उहाँलाई तुलना गर्न मिल्दैन,’ उनले भनेका छन्।  

गायिका अञ्जु पन्तले सांकेतिक रुपमा दिपाश्रीको आलोचना गरेकी छिन्। ‘आफ्नो मुख र जिब्रो सम्हाल्नेले आफूलाई आपत विपत्तिबाट जोगाउँछ,’ उनले भनेकी छिन्।

गायिका सुनिता दुलाल र लक्ष्मी आचार्यले पनि राजेश हमाल नै महानायक भएको आशय व्यक्त गरेका छन्।

दीपक र दिपाश्री तनावमा

महानायक प्रकरणमा चौतर्फी आलोचना भएपछि दिपाश्री निरौलाले माफी मागिसकेकी छिन्। उनले राजेशलाई आफूले सुपरस्टार होइन भन्न नखोजेको स्पष्टीकरण दिएकी छिन्। उनको बचाउमा लाग्दा कलाकार दीपकराज गिरी पनि विवादमा तानिएका छन्।

हरेक गालिको उत्तर मुस्कान नै हो !!! दिदी बहिनीहरूले कमेन्ट नपढ्नु होला !!!

Posted by Deepak Raj Giree on Wednesday, July 8, 2020

सामाजिक सञ्जालमा चौतर्फी र आलोचना भएपछि दीपकले फेसबुकमा आज लेखेका छन्, ‘हरेक गालीको उत्तर मुस्कान नै हो। दिदी बहिनीहरूले कमेन्ट नपढ्नु होला।’ आलोचनाका कारण उनले आफ्ना फ्यानलाई कमेन्ट नपढ्नू भन्ने अवस्था आयो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell