PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ओली र प्रचण्डबीचको वार्ता सकियो : छलफललाई निरन्तरता दिने



ओली र प्रचण्डबीचको वार्ता सकियो : छलफललाई निरन्तरता दिने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको  वार्ता सकिएको छ।

बालुवाटारमा भएको ओली र प्रचण्डबीच  बुधवार झण्डै  २ घण्टा एक्लाएक्लै छलफल भएको हो।

‘छलफल कुनै निष्कर्षमा पुगेको छैन। निरन्तर छलफल हुन्छ’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने।

अध्यक्षद्वयले मंगलवार पनि दुई घण्टा छलफलमा बिताएका थिए।

केही दिनयता नेकपाका अध्यक्षद्वबीच दिनहुँ छलफल भइरहेको छ। तर, कुनै ठोस निष्कर्ष भने निस्किन सकेको छैन।

प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष ओलीले पद छाड्नै पर्ने अडानमा छ। नेता नेपालले पार्टी एक व्यक्ति एक पदको मुद्दा उठाउदै आएका छन्। तर, उनको माग पूरा हुन सकेको छैन। ओली दुवै पद नछाड्ने अडानमा छन्।

प्रचण्ड-नेपाल पक्षले ओली पार्टी र सरकार सञ्चालन दुवैमा असफल भएको निष्कर्ष निकाल्दै स्थायी कमिटी बैठकमा दुवै पदबाट राजीनामाको माग गरेका थिए।

अन्तरद्वन्दले पार्टी विभाजनको मोडमा पुगेको भन्दै एकता प्रक्रियालाई जोगाउन दोस्रो, तेस्रो तहका नेताहरु खबरदारी गर्दै आएका छन्। स्थायी कमिटी बैठकले पार्टी एकतालाई जोगाउने जिम्मेवारी ओली र प्रचण्डलाई दिएका छन्।

निरन्तर छलफलमा जुटे पनि सहमतिको विन्दुमा नेताहरु पुगेका छैनन्। तर, पछिल्ला छलफल सकारात्मक दिशामा उन्मुख भएको नेकपा नेताहरुको बुझाइ छ। आज बस्ने भनिएको स्थायी कमिटीको बैठक असार २६ गते बस्ने गरी स्थगित गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell