PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सबै खेल संघलाई एन्टी डोपिङ नियम बनाउन नेपाल ओलम्पिक कमिटीको निर्देशन



सबै खेल संघलाई एन्टी डोपिङ नियम बनाउन नेपाल ओलम्पिक कमिटीको निर्देशन

काठमाडौं : नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आफ्नो मातहतका २७ राष्ट्रिय खेलकुद संघलाई आफ्नै एन्टी डोपिङ नियम बनाउन निर्देशन दिएको छ।

भिडियो कन्फरेन्समार्फत आज संघका पदाधिकारीसित भएको छलफलमा एनओसीले उक्त निर्देशन दिएको हो।

संघहरुलाई आगामी साउन मसान्तसम्म एन्टी डोपिङ नियम बनाएर प्रतिवेदन नेपाल एन्टी डोपिङमा बुझाउन एनओसीले निर्देशन दिएको हो। सन् २०२१ पछि एन्टी डोपिङ नियम नभएको संघले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने नियम छ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले उक्त नियमलाई सकारात्मक र गम्भीर रुपमा लिनुपर्ने बताए। एनओसीले एन्टी डोपिङ नियम बनाउन संघलाई सहयोग गर्नेछ।

सन् २०२१ को विश्व एन्टी डोपिङ कोडको आर्टिकल १८ अनुसार सबै खेल संघले आफ्नो एन्टी डोपिङ नियम बनाउनुपर्ने उल्लेख छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell