PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रम ओली र चिनियाँ राजदूतबारे भारतीय मिडियाको प्रस्तुतिप्रति नारायणकाजी आक्रामक : हद् भयो, बकवास बन्द गर



प्रम ओली र चिनियाँ राजदूतबारे भारतीय मिडियाको प्रस्तुतिप्रति नारायणकाजी आक्रामक : हद् भयो, बकवास बन्द गर

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी फुटाउने विदेशीको चाहना पुरा हुन नदिने बताएका छन्।

श्रेष्ठले भारतीय सञ्चार माध्यमको अनर्गल प्रचारले सीमा नाघेको टिप्पणी गरे। प्रधानमन्त्री केपी ओलीबारे भारतीय मिडियाले अफवाह फैलाएको भन्दै श्रेष्ठले ट्वीट गरेका छन्। उनले भौगोलिक अखण्डताका लागि आफूहरु एक ढिक्का रहेको बताए।

'भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमकाबारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो। हद भयो। बकवास बन्द गर,' उनले लेखेका छन्, 'हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक ढिक्का छौं। बिदेशीको फुटाउ र स्वार्थ पुरा गर नीति सफल हुन दिने छैनौ। यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो।'

भारतीय जिन्युजले प्रम केपी ओलीलाई चीनिया राजदूत होउ यान्छीसँग जोडेर आपत्तिजनका समाग्रीहरु प्रसारण गरेका थिए। नेपालक कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला राजदूतको सक्रियता बढेपछि भारतीय मिडियाले विभिन्न ढंगले टिप्पणी गर्न थालेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell