PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चर्चपछि मस्जिद हुँदै म्युजियम बनेको 'हागिया सोफिया' लाई फेरि मस्जिद बनाइने



चर्चपछि मस्जिद हुँदै म्युजियम बनेको 'हागिया सोफिया' लाई फेरि मस्जिद बनाइने
Photo : Getty Images

टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले इस्तान्बुलमा रहेको ऐतिहासिक म्यूजियमलाई फेरि मस्जिदमा रुपान्तरण गर्न निर्देशन दिएका छन्।

गत शुक्रवार टर्कीको एक अदाललतले हागिया सोफिया म्यूजियमलाई मस्जिद बनाउन स्वीकृती दिएको थियो। अदालतले १९३४ मा टर्कीस मन्त्रिपरिषदले मस्जिदलाई म्यूजियम बनाउने निर्णय रद्द गरेको थियो।

१५ सय वर्ष पुरानो विश्व सम्पदा सूचीमा सूचीकृत टर्कीको यो सम्पदा मस्जिद बन्नुभन्दा पहिला चर्च थियो।

हागिया सोफिया विश्वकै सबैभन्दा ठूलो चर्च मानिन्थ्यो। छैठौं शताब्दीमा बाइजेंटाइन सम्राट जस्टिनियनको शासनकालमा उक्त चर्च बनेको थियो।सन् १४५३ मा उस्मानिया सल्तनतले तत्कालिन कुस्तुनतुनिया (हालको इस्तान्बुल) माथि आक्रमण गरेको कब्जा गरेपछि चर्चलाई मस्जिद बनाइएको थियो।

पहिलो विश्व युद्धपछि टर्की पराजित भएसँगै उस्मानिया सल्तनतको अन्त्य भयो। त्यसपछि त्यहाँ सुस्तफा कमाल पाशाले शासन गरे। उनै शासनकालमा हागिया सोफियालाई म्यूजियममा रुपान्तरण गर्ने निर्णय गरिएको थियो।

एर्डोगानले गत वर्षको निर्वाचनमा म्यूजियमलाई मस्जिद बनाउने वाचा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell