PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सालको रुखमा बलेरो ठोक्किँदा एक जनाको मृत्यु 



सालको रुखमा बलेरो ठोक्किँदा एक जनाको मृत्यु 

रुपन्देही : जिल्लाको कञ्चन गाउँपालिकास्थित लुम्बिनी फायरलाइन सडक खण्डअन्तर्गत पिपरीचापाबाट केही अगाडी चिसापानीमा जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। स्थानीय हरैयाबजारबाट फायरलाइनतर्फ आउँदै गरेको बा१५च ९३८९ नंको बलेरो अनियन्त्रित भई सालको रुखमा ठोक्किएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीले जनाएको छ। 

सो दुर्घटनामा गम्भीर घाइते सिद्धार्थनगर नगरपालिका–११ बस्ने करिब ३८ वर्षीय सुरज खड्काको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीका प्रहरी निरीक्षक इन्द्र चौधरीले जानकारी दिए। शनिवार बेलुका भएको सो दुर्घटनामा चार घाइते भएका छन्।

रुपन्देही बुटवल उप महानगरपालिका वडा १० का नवीनकुमार थापा, तिलोत्तमा नगरपालिका वडा ७ का यमबहादुर राना,तिलोत्तमा नगरपालिका वडा २ का सन्दीप श्रोष्ठ र सुभाष क्षेत्री घाइते भएको इलाका प्रहरी कार्यलय रुद्रपुरले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell