PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पेट्रोलियम पदार्थको मुल्यवृद्धि खारेजीको माग गर्दै आयल निगम अगाडि नेविसंघको प्रदर्शन

पेट्रोलियम पदार्थको मुल्यवृद्धि खारेजीको माग गर्दै आयल निगम अगाडि नेविसंघको प्रदर्शन


काठमाडौं : नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तुरुन्त खारेज गर्न माग गर्दै प्रदर्शन गरेको छ। नेविसंघले बबरमहलस्थित नेपाल आयल निगमको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन्।

नेविसंघले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि फिर्ता गराउन निरन्तर खबरदारी गर्दै आएको महामन्त्री बलदेव तिमल्सिनाले बताए।

'हामीले बुधवार निगम पुगेर ज्ञापनपत्र बुझाएका थियौं। तर कुनै सुनुवाई नभएपछि आन्दोलनमा उत्रन बाध्य भएका हौं,' महामन्त्री तिमल्सिनाले भने, 'जनताको माग सुनुवाई नभए कडा आन्दोलनमा उत्रनेछौं।'

बुधवार नेविसंघले निगमलाई ७ बुँदे सुझावसहितको ज्ञापनपत्रसमेत बुझाएको थियो। तीन महिनाको अवधिमा ३ अर्ब नाफा कमाएको आयल निगमले विश्व बजारमा मूल्य बढ्दैमा ५ रुपैयाँ बढाउनु गलत भएको नेविसंघले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell