PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

राजनीतिक विवादले एकता कमजोर नहोस् : प्रचण्ड



राजनीतिक विवादले एकता कमजोर नहोस् : प्रचण्ड
फोटो : cmprachanda.com

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकोपविरुद्धको सङ्घर्ष एक जुट भएर गर्नुपर्ने बताएका छन्। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलाई आइतवार सम्बोधन गर्दै प्रचण्डले कोरोना र प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुन नहुने बताए।

'मुलुक बाढीपहिराको उच्च जोखिममा छ। यस्तो बेलामा पार्टीका राजनीतिक गतिविधि र अन्य विवादले एकता कमजोर नहोस्। पार्टी एकतालाई कमजोर पार्ने काम कहीँ कतैबाट भयो भने त्यो जनताको पक्षको काम भन्ने ठहरिँदैन,' उनले भने, 'यसमा पनि तपाईंहरुको पहल भइरहेको छ। त्यसका लागि धन्यवाद।' आगामी दिनमा अझै दृढताका साथ एकताबद्ध भएर अगाडि बढ्न प्रचण्डको आग्रह थियो।

सतर्कता अपनाउन र उच्च मनोबलका साथ एकताबद्ध भएर कोभिड–१९ का विरुद्ध लड्न उनले सुझाव दिए। रोगविरुद्ध सबै राजनीतिक शक्ति, नागरिक समाज, पत्रकार सबै एकताबद्ध हुनुपर्ने पूर्वप्रधानमन्त्री दाहालको भनाइ थियो। उनले जिल्लामा राप्ती, नारायणी र रिउ नदीमा तटबन्धसहितको चक्रपथ निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बनेर अर्थ मन्त्रालयमा बजेटका लागि पेस भएको जानकारी पनि दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell